साफ च्याम्पियनसीप नेपाल र भारत भिड्ने…..

काठमाडौं, साफ च्याम्पियनसीपको फाइनलमा नेपालको सामना भारतसँग हुने भएको छ । भारतले माल्दिभ्सलाई हराउँदै प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको हो । कप्तान सुनिल क्षेत्रीको दुई गोलको मद्दतले बुधबार भएको खेलमा भारत ३–१ गोलले विजयी बन्यो । फाइनलमा प्रवेश गर्नका लागि जित्नै पर्ने दबाबमा रहेको भारतलाई खेलको ३३ औँ मिनेटमा मनवीर सिंहले अग्रता दिलाए । तर पहिलो हाफको अन्त्यतिर पेनाल्टीमार्फत अलि अस्फाकले खेल बराबरी गरे । खेल बराबरीमा सकिएको भए माल्दिभ्स सोझै फाइनलमा पुग्ने स्थिति थियो । तर, दोस्रो हाफमा कप्तान क्षेत्रीले दुई गोल गर्दै भारतलाई जीत दिलाए । सात पटकको विजेता भारत सन् २००३ मा मात्र तेस्रो स्थानमा सीमित बनेको छ । टोलीले प्रतियोगिताका पछिल्ला ११ संस्करणमा विजेता या उपविजेता बनेको छ । उता, नेपालले बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । नेपाल साफ च्याम्पियनसीपको फाइनलमा पुगेको यो पहिलो अवसर हो । राताेपाटी

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार