देउवालाई सभापतिमा दोहोरिन चुनौती…..

काठमाडौं, नेपाली काँग्रेसमा १४ औँ महाधिवेशनबाट नेतृत्व हत्याउन सभापतिका दाबेदारहरू सूक्ष्म हिसाब–किताबमा छन् । वर्तमान सभापति शेरबहादुर देउवा दोहोरिने रणनीति बुन्न व्यस्त छन् । अरू दाबेदारहरू भने पहिलो चरणको चुनावमा दोस्रो हुने र दोस्रो चरणमा प्रथम बन्ने रणनीतिमा लागेका छन् । सभापतिका दाबेदारमध्ये वर्तमान उपसभापति विमलेन्द्र निधि र पूर्व उपसभापति गोपालमान श्रेष्ठ देउवालाई ब्याक गराएर संस्थापन पक्षबाट सभापतिको उम्मेदवार बन्न सकिन्छ कि भन्ने आशमा छन् । तर, सभापति शेरबहादुर देउवा १४ औँ महाधिवेशनमा कुनै हालतमा उनीहरूलाई अगाडि सार्ने पक्षमा देखिएका छैनन् । एक वर्षदेखि निधि र श्रेष्ठले अब विश्राम लिन आग्रह नगरेका होइनन् । तर, देउवाले एक पटक सभापतिमा दोहोरिने र १५ औँ महाधिवेशनमा मात्र काँध फेर्न जनाइसकेको अवस्था छ । यसपटक फेरि आफूलाई साथ निधि र श्रेष्ठलाई देउवाको प्रस्ताव छ । निधि र श्रेष्ठलाई भने अहिलेसम्म देउवाको प्रस्ताव मञ्जुर छैन । युवा पुस्ताको वेग र आफ्नो उमेरले १५ औँ महाधिवेशन सामना गर्न कठिन हुने उनीहरूको बुझाइ छ । आफूलाई समर्थन नगरे आफू पनि साथमा नउभिने भन्दै निधि र श्रेष्ठले विद्रोहको चुनौती दिएका छन् । तर, आफू अनुकूल बनेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीति र संस्थापन इतर पक्षमा देखिएको विग्रहले निधि र श्रेष्ठको चुनौतीलाई देउवाले नजरअन्दाज गरेको पाइन्छ । १३ औँ महाधिवेशनमा रामचन्द्र पौडेल नेतृत्वमा खडा भएको समूह यतिबेला चार समूहमा विभक्त छ । वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका लागि हानथाप गरिरहेको परिस्थिति छ । १३ औँ महाधिवेशनका अर्का प्रत्यासी कृष्णप्रसाद सिटौला समूह पनि विभाजित मनस्थितिमा छ । उनीसँग रहेका नेताहरु बलियो गुटको खोजीमा छन् । केही नेताहरुले पौडेल समूह त केही नेता देउवा समूहसँग नजिकिएको पाइन्छ । यता देउवा पनि चुनौती रहित अवस्थामा भने छैनन् । श्रोत :रापा

अब देउवाका​ चुनौतीहरू :

१४ औँ महाधिवेशनमा छुटेको साथ 

समूहको नेताको स्वार्थ चुनौती

 निधि–श्रेष्ठको विद्रोह नरोके देउवालाई चुनौती 

दोस्रो राउण्डको जोखिम 

निधि वा सिंह दोस्रो हुँदा थप चुनौती

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार