नयाँ र पुरानो भनेर कसैले पनि पार्टीमा विभाजनको रेखा कोर्न नहुने…..

काठमाडौं, राप्रपा अध्यक्ष कमल थापाले नयाँ र पुरानो पुस्ताको भनेर कसैले पनि पार्टीमा विभाजनको रेखा कोर्न नहुने बताएका छन् । पार्टीको बुधबारदेखि सुरु भएको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले नयाँ पुरानो, अग्लो होचो वा अन्य कुनैपनि बहानामा विभाजनको रेखा कोर्न नहुने बताएका हुन् । यसअघि सम्बोधनका क्रममा अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले पार्टीमा युवापुस्ता नेतृत्वमा आउनुपर्ने भन्दै पुराना पुस्ताका नेताहरुले अभिभावकीय भूमिकामा रहने धारणा राखेका थिए । तर, लिङ्देनलाई जवाफ फर्काउँदै थापाले भने, ‘केन्द्रीय नेतृत्व सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्नुपर्छ । सहमति हुन सकेन भने पनि प्रजातान्त्रिक अभ्यास र विधिबाट नेतृत्व छानेर पार्टीलाई आगामी दिनमा एकताबद्ध ढंगबाट अघि बढाउने प्रतिज्ञा सबैले गर्नुपर्छ । हामीले नयाँ पुरानो, अग्लो होचो वा अन्य कुनैपनि बहानामा विभाजनको रेखा कोर्नु हुन्न । पार्टीमा स्थापनाकालदेखि रगत र पसिना बगाएका नेताहरु सबै जिवित हुनुहुन्छ । उनले यो एकताको अन्तिम महाधिवेशन हुने भन्दै एकता महाधिवेशनबाट पार्टी आफूहरुले कहिल्यै पार्टी नफुटाउने भनेर संकल्प गरेको त्यो सन्देश देशभरका कार्यकर्तामा पुर्याउने बताए । श्रोत :रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार