राप्रपामा नेताहरुबीच को बढी राजावादी देखिने भन्ने होडबाजी सुरु…..

काठमाडौँ — संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको राजनीतिक एजेन्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनमा प्रतिस्पर्धा उत्रिएका नेताहरुबीच को बढी राजावादी देखिने भन्ने होड सुरु भएको छ । काठमाडौंमा बुधबारबाट सुरु भएको एकता महाधिवेशनमा अध्यक्षका दुई प्रतिस्पर्धीहरुले आफूलाई बढी राजावादी देखाउन कोसिस गरेका छन् । भृकुटीमण्डपमा आयोजित उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष कमल थापाले उनका प्रतिद्वन्द्वी रहेका महामन्त्री राजेन्द्र लिङ्देनभन्दा बढी राजतन्त्रको पक्षमा बोलेका थिए । २०६३ सालदेखि नै राप्रपा नेपाल हुँदै राजतन्त्र, हिन्दु राष्ट्र र एकात्मक राज्यको पक्षका राजनीतिक एजेण्डा भएपनि राजतन्त्रको विषय अहिले चर्कोसँग उठेको छ । पूर्व राजा ज्ञानेन्द्रको समर्थन आफुलाई रहेको भन्दै थापाविरुद्ध प्रतिस्पर्धामा उत्रिएका लिङ्देनले राजातन्त्र पुनर्स्थापनाको विषयलाई जोड दिएका छन् । राप्रपाका ३ अध्यक्ष मध्यका एक कमल थापामाथि सदन र सडकको दुवै संयुक्त संघर्षबाट राजसंस्था पुनर्स्थापनाको रोडम्याप प्रस्तुत गरेका थिए । उनले सदनमा राप्रपाको सीट जित्ने र सडकबाट १ लाख परिचालन गर्न सके नेपाललाई हिन्दु अधिराज्य बनाउन सकिने बताए । संविधान र व्यवस्थालाई सहकार्य गर्दै अघि बढ्ने रणनीति अघि लियौ । हाम्रो रणनीति राप्रपाले कहिले दुई तिहाई बहुमत ल्याउने, हिन्दु राष्ट्र कहिले ल्याउने भन्ने चिन्ता छ । उहाँहरुलाई के स्पष्ट पार्न चाहान्छु सदन र सदन दुबै संघर्ष मैदानलाई प्रयोग गर्नुपर्छ । संसदीय शक्ति सडकको शक्तिको प्रयोग गरेर हामीले हिन्दु राष्ट्र र राजसंस्थालाई पुनर्स्थापना गर्न सकिन्छ’ थापाले भने ‘संसदमा राप्रपाले काठमाडौंको सडकमा १ लाख भन्दा मानिस निरन्तर उतार्न सक्छ भने दुई तिहाईको धारा पर्खेर बस्दैन । संसदको शक्ति र सडकको शक्तिबाट नागार्जुनबाट राजालाई नारायणहिटीमा राख्ने काम जनताले गर्छ । थापाले अबको नारा ‘राजा आउ देश बचाउ’, होइन ‘जनता आउ, राजा ल्याउ’ हो । ‘हिन्दु राष्ट्र संविधानको दुई तिहाई पर्खेर बस्नु पर्दैन । सडक र सदनबाट अघि बढ्नु पर्छ,’ उनले भने । राप्रपाका नेता तथा आगामी कार्यकालबाट नयाँ नेतृत्वका दाबेदार रहेका राजेन्द्र लिङ्देनले वर्तमान नेतृत्व र कार्यशैलीबाट हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना हुन नसक्ने बताएका थिए । जसोतसो जोडजाड गरेर तीन प्रतिशत कटाउने, कुनै पार्टीसँग मिलेर दुई चार सिट जोड्ने, जोडजाड गरेर आठ १० सिट बनाउने र कुनै पार्टीको पिछुवा बनेर केही मान्छेलाई मन्त्री बनाउन सकिएला तर यही कार्यशैलीले राजसंस्था पुनर्स्थापना र हिन्दुराष्ट्र पुनःस्थापना गर्ने पार्टी बन्न सक्दैन’, बुधबार राप्रपा महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै लिङ्देनले भने । भुवन पाठकले अध्यक्ष थापाले निरन्तर रुपमा आफ्नो एजेण्डाहरु उठाउँदै आएको तर लिङ्देनले केही असन्तुष्टहरु मिलेर चुनाव जित्न सकिन्छ कि भनेर लागेको बताए । केही हिन्दुवादी राजावादी थापासँग असन्तुष्ट छन् । अहिले विभिन्न राजावादी पार्टीहरु स्थापना भएको छ । उनीहरु पनि कमल थापाको नेतृत्वमा हुन्जेल मौका नपाउने भएको कारणले गर्दा त्यसमा खेल भैरहेको छ’ पाठकले भने, ‘अघिल्लो महाधिवेशनमा भन्दा अहिले राजतन्त्रको विषय मुखरित भएर आएको छ । तर हाम्रो नीति भनेको पहिले जे छ त्यही नै हो । पाठककाअनुसार हिन्दु अधिराज्यको स्थापना र संघीयताको खारेजी निरन्तरको एजेण्डा रहेको बताए । ‘हामीले यसैलाई आधार बनाएर सम्वर्द्धनवाद भनेर सिद्धान्त प्रतिपादन गरेका छौं’ पाठकले भने, ‘निरन्तरतासहितको परिवर्तन भन्ने हो ।’ तर उनले लिङ्देन र थापाले उठाएको विषयमा कुनै फरक नभएको बताए । ‘यो शैलीको फरक भएको विषय मात्रै हो’ उनले भने, ‘मुख्य रुपमा दस्तावेज यही छ । सबैको दस्तावेज हो । सुनिल थापासहितको समूह नेपाली कांग्रेसमा प्रवेश गरेपछि राप्रपामा हिन्दु अधिराज्यको विषयमा मतक्यौता रहेको छ। यसअघिको महाधिवेशनमा समेत यो विषय उठेपनि यो महाधिवेशनमा यो विषय झनै चर्कोसँग उठेको छ । थापा र लिंङदेनका समर्थकहरुले आफूलाई बढी राजावादी देखाउने कोसिस गरेका छन् । राजसंस्थाको विषयमा हामीमा कुनै प्रकारको छैन । आफुलाई असली राजावादी हुँ भने प्रस्तुत हुँदा भोट बढ्छ भनेर चर्कोसँग उठाएको देखिन्छ । अहिले थापाले पनि त्यस्तै गर्नु भएको हो,’ उनले भने, ‘थापाले पनि विषयलाई उठाउने गर्नु भएको छ तर समय उहाँले व्यक्तिगत अवसर प्राप्त गर्दा एजेण्डालाई छाडेर हिड्ने गर्नु भएको छ। त्यसैले थापालाई विश्वास गर्न सक्ने अवस्था छैन । थापा र लिङ्देनबीच लामो समयदेखि सहकार्य रहँदै आएको थियो । झापाबाट निर्वाचित भएका सांसद लिङ्देनले नेपालगञ्ज उप महानगरपालिका मेयर धवलशम्शेर जबरासँग मिलेर थापाको नेतृत्वमाथि चुनौती दिएका छन् । थापा राप्रपा नेपाल स्थापना देखिकै अधिकांश समयमा नेतृत्व थापाले गर्दै आएका छन् ।  श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार