देशभर हिमपात, कतै रमाइलो, कतै सकस….

काठमाडौं, नेपालमा माघ लागेसँगै सुरु भएको वर्षा र हिमपात अन्तिम सातासम्म लाग्न थाल्दा पनि भइरहेको छ । बीचको केही हप्ता मौसममा सुधार देखिए पनि पश्चिम न्यूनचापीय वायुका कारण बदली हुँदा शुक्रबार देशैभर वर्षा र हिमपात भएको छ । बिहीबारदेखि देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा परेको वर्षा र हिमपातले देशभरको जनजीवन कष्टकर बनिरहेको छ । वर्षासँगै बढेको चिसोले बालबालिका र वृद्धवृद्धा तथा पशु चौपायालाई असर गरेको छ । हुम्ला, मनाङ, मुगुसहित हिमाली क्षेत्रमा भएको हिमपातले तीन फिटभन्दा बढी हिउँ जमेको छ । काठमाडौं उपत्यकाको काँठ क्षेत्रसहित देशभरका उच्च पहाडी क्षेत्रमा पनि हिमपात भएको छ । फुल्चोकी, शिवपुरी, दलचोकी, चन्द्रागिरिसहित काठमाडौं उपत्यका आसपासलगायत उच्च पहाडी क्षेत्रमा पनि पटकपटक हिमपात भएको छ । अझै केही दिन मौसममा सुधार आउन समय लाग्ने मौसमविद्हरुले जानकारी दिएका छन् । मौसमविद्हरुले देशभरि नै भारी वर्षा भइरहेको जनाएका छन् । उनीहरूका अनुसार शनिबार बिहानसम्म मौसम बदली नै रहने छ ।  साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार