आयरल्यान्डविरूद्ध नेपालको राम्रो सुरुआत…..

काठमाडौँ — नेपालले चारदेशीय ट्वान्टी–२० शृंखलामा मंगलबार आयरल्यान्डविरूद्ध राम्रो सुरुआत गरेको छ । टस जितेर आयरल्यान्डलाई ब्याटिङका लागि निम्त्याएको नेपालले विपक्षीको तीन महत्वपूर्ण विकेट लिइसकेको छ । पावर प्लेको ६ ओभर समाप्तीमा ३ विकेट गुमाई ३५ रन बनाएको आयरल्यान्डले कुल ९ ओभरको समाप्तीमा ५८ रन बनाएको छ । कुर्टिस क्याम्फर ७ र शेन गेटकेट २० रन बनाएर खेलिरहेका छन् । कमलसिंह ऐरीले पहिलो ओभरमै पाउल स्टर्लिङलाई २ रनमा बोल्ड गरे । ग्यारेथ डेलानीलाई आउट गर्दै जितेन्द्र मुखियाले नेपालले दोस्रो सफलता दिलाए । ९ रन बनाएका डेलानीलाई जितेन्द्रले सानदार कट एन्ड बोल्ड गरे । पाँचौं ओभरमा पहिलो पटक बलिङ आक्रामणमा आएका अविनाश बोहराले कप्तान एन्डी बालब्रिनलाई १९ रनमा बोल्ड गरे । १३ बलमा ३ चौका प्रहार गर्दै बालब्रिनले १९ रन बनाए । नेपालबाट प्रतियोगितामा पहिलो पटक कुशल भुर्तेल र कुशल मल्ल खेलिरहको छन् । आयरल्यान्डविरूद्ध यी दुई खेलाडीसहित अविनाशलाई प्लेयिङ ११ मा खेलाइएको छ । उनीहरूलाई आरिफ शेखल, विवेक यादव र शाहव आलमको स्थानमा ल्याइएको हो । प्रमुख अलरान्डर करण केसीलाई नेपालले ओमान भ्रमणमा अझै खेलाएको छैन । शुक्रबारबाट सुरु हुने ट्वान्टी–२० विश्वकप छनोट अघि यो प्रतियोगिता खेलिएको छ । नेपालले पहिलो खेलमा आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा युएईसँग २५ रनले पराजित भएको थियो । प्रतियोगिता जित्न नेपालले आज आयरल्यान्डलाई ठुलो अन्तरमा पराजित गर्नु पर्छ । नेपाल जस्तै यसअघिका दुई मध्येको एक खेल जितेको आयरल्यान्डले विजय हात पारे युएईलाई उछिन्दै विजेता बन्न सक्छ । पहिलो दुई खेल जितेको युएई सोमबार ओमानसँग ७ विकेटले पराजित भएको थियो ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार