आज पनि सत्ता गठबन्धनको बैठक बस्दै…..

काठमाडौं, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल गर्ने सन्दर्भमा सत्ता गठबन्धनको आज पनि बस्दै छ । विहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल हुने छ । विहीबार साँझ बसेको गठबन्धनको बैठकमा एमसीसीबारे सहमति हुन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो । आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने नगर्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । प्रतिनिधि सभाको आज बस्ने बैठकको सम्भावित कार्यसूचीमा एमसीसी राखिएको छ । गठबन्धनमा सहमति भएपछि आजै बस्न कार्यव्यवस्था परामर्श समितिले एमसीसी टेबल गर्ने एजेण्डा तय गर्ने कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूले बताए । सत्ताको नेतृत्व गरेको नेपाली काँग्रेस एमसीसी कुनै पनि हालतमा पास गर्ने पक्षमा उभिएको छ भने प्रमुख साझेदार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले यथास्थितिमा संसदमा टेबल गर्न समेत मानिरहेका छैनन् । बिहीबारको गठबन्धनमा बैठकमा उनीहरुले एमसीसीबारे आ आफ्नो अडानमा उभिएपछि सहमति हुन सकेन । यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका थिए । राति ८:५० मा बालकोट पुगेका प्रधानमन्त्री देउवा र ओलीबीच १० : १५ सम्म छलफल भएको थियो । उनीहरुबीच भएको छलफल दुबै पक्षले खुलाउन नचाहेको अवस्था छ । आज बस्ने गठबन्धन बैठकमा प्रधानमन्त्री देउवाले ओलीसँगको भेटवार्ताको बिफ्रिङ पनि गर्ने बुझिएको छ ।   साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार