प्रधानमन्त्री देउवा ओली निवासमा…..

काठमाडौँ — एमसीसीलाई लिएर उत्पन्न राजनीतिक विवादबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी ओलीको निजी निवास बालकोट पुगेका छन् । उनीसँगै सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि सहभागी छन् । यस्तै नेपाली कांग्रेसका अन्य नेताहरू पनि बालकोट जाँदै गरेको देउवा निकट स्रोतले बताएको छ । संसद्‍बाट एमसीसी पास गर्ने विषयमा सहमति निकाल्न प्रधानमन्त्री देउवा ओलीलाई भेट्न उनकै निवास पुगेका हुन् । संसद्‍ बैठकबाट एमसीसी पास हुन नसकिरहँदा प्रधानमन्त्री देउवासहित कांग्रेसका नेताहरूले भने यसलाई छिट्टै संसद्‍बाट पास गर्नुपर्ने भन्दै पहल गर्दैआएका छन् । यद्यपि सत्ता गठबन्धन दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीले असहमति जनाउँदै आएका छन् । एमालेले भने यस मुद्दामा प्रवेश गर्नुअघि एमालेले कारबाही सिफारिस सांसद्‍हरूको विषयमा छलफल गर्नुपर्ने भन्दैआएको छ ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार