यथास्थितिमा एमसीसी पास गर्नु भनेको देशलाई द्वन्द्वमा लैजानु हो…..

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमसीसी सम्झौता केवल आर्थिक सहायताको विषयमात्रै नभएको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै लिङ्देनले एमसीसीलाई तत्काल स्थगित गरेर राष्ट्रिय सहमतिका साथ अगाडि बढाउनुपर्ने माग गरे । एमसीसी केवल आर्थिक सहायताको विषयमात्रै होइन, नेपाली जनता यो विषयमा विभाजित र विवादित भइरहेको अवस्थामा यसलाई राष्ट्रिय सहमति कायम गर्ने गरी स्थगन गरेर नयाँबाट अगाडि जानुपर्छ भनेर आग्रह गर्दछु,’ उनले भने, ‘यथास्थितिमा पास गर्नु भनेको देशलाई द्वन्द्वमा लैजानु हो । उनले संसद्ले गर्ने सबै कामहरू राम्रो हुन्छ भन्ने नरहेको इतिहास साक्षी रहेको बताए । ‘महाकाली सन्धि गर्दाखेरि देशलाई लाभ हुन्छ भनेर कस्तो प्रचार गरिएको थियो, त्यसबाट के लाभ भयो ? हामीले भोग्दै आएकै छौं । त्यसकारण संसद्‌ले गर्ने हरेक निर्णय राम्रो हुन्छ भन्ने हुँदैन । त्यसमाथि यस्तो कोलाहलको बीचबाट पारित गर्ने विषय ठीक होइन,’ उनले भने । अध्यक्ष लिङ्देनले एमसीसीलाई हतारमा प्राविधिक कुरामात्रै पूरा गरेर पास नगर्नसमेत आग्रह गरे । ‘यसका सबै दफा–दफामा के लेखिएको छ भनेर छलफल हुनुपर्छ, त्यसको बारेमा जनताले थाहा पाउने र विश्वस्त हुने अवसर पाउनुपर्छ । केवल प्राविधिक कुराबाट मात्रै यसलाई टुंग्याउनुहुँदैन। साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार