राजनीति र चुनावमा युवाहरूको हस्तक्षेपकारी भूमिका आवश्यक……

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीति र चुनावमा युवाहरूको हस्तक्षेपकारी भूमिका आवश्यक रहेको बताएका छन् । एकथरी नेताहरू विगत एकतीस वर्षदेखि सत्तामा छन् । केही सीमित नेताहरूको प्रभावमा शासन सत्ता चलिरहेको छ । तर, देशको अवस्था ओरालो लाग्दो छ, प्रणाली नै असफल भएको छ,’ राप्रपा अध्यक्ष लिङ्देनले भने । शेरबहादुर देउवा, केपी ओली र प्रचण्डलाई फेरि कति पटक प्रधानमन्त्री बनाए वा कति समय थप दिए देश बन्छ ? कस्तो विकास र परिवर्तन हुन्छ ? यस कारण देशमा विद्यमान निराशा चिर्न युवाहरूले राजनीतिमा हस्तक्षेप गर्नु पर्दछ, चुनावमा हस्तक्षेप गर्नु पर्दछ,’ उनले भने । शनिबार राप्रपा केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो धारणा व्यक्त गरेका हुन् । कार्यक्रमबीच रामेछापका ६३ जना युवाहरूलाई अध्यक्ष लिङ्देनले राप्रपामा स्वागत गरेका थिए । युवाहरूको साथ सहयोगमा राप्रपाले विकल्प दिने, निष्ठावान र इमान्दार भएर जनअपेक्षा पूरा गर्ने उनले दाबी गरे । लिङ्देनले भने, ‘राप्रपामा पार्टी प्रवेशको लहर नै चलेको छ । कञ्चनपुर, जनकपुर, पोखरा, काठमाडौँ र झापामा मात्र होइन, राप्रपाको पक्षमा देशव्यापी जनलहर चलेको छ । राप्रपा विकल्प बन्नुपर्छ भन्ने अपेक्षा छ, त्यो हामी पूरा गर्छौँ ।  साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार