प्रधानन्यायाधीशमाथिको महाभियोग प्रक्रिया अघि बढ्दै…..

काठमाडौं- प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणामाथिको महाभियोग प्रक्रिया अगाडि बढाउनेबारे छलफल भएको छ । प्रतिनिधि सभाको बैठक अघि नयाँ बानेश्वरमा बसेको बैठकमा महाभियोग अघि बढाउन समिति गठन गर्ने र त्यसका लागि राजनीतिक दलबाट समिति सदस्यको नाम माग्ने निर्णय भएको छ । दलहरुले समिति गठनका लागि आफ्नो दलका सांसदको नाम दिन थालेका छन् । प्रमुख प्रतिपक्षी दल एमाले भने आजको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी थिएन । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पार्टी अध्यक्षसँग छलफल गरेर मात्र आफ्नो दलबाट समिति गठनका लागि सदस्यको नाम दिने बताएको र त्यसका लागि समय मागेको संसद सचिवालय स्रोतको भनाई छ ।  गत फागुन १ गते राणामाथि महाभियोग दर्ता भएको थियो । आजको बैठकमा प्रतिनिधि सभाको शून्य समय र विशेष समय चलाउने, अघि बढ्न बाँकी रहेका विधेयकहरुलाई कसरी अगाडि बढाउने भन्नेबारेमा छलफल भएको थियो ।  साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार