पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य उच्च बिन्दुमा…..

काठमाडौं-   नेपालको इतिहासमै यतिबेला पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य सबैभन्दा उच्च बिन्दुमा पुगेको छ । पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्दै आएको नेपाल आयल निगमले पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १५० रुपैयाँ र डिजेलको बिक्री मूल्य प्रतिलिटर १३३ रुपैयाँ तोकेको छ । वि.सं. २०७४ साल (फागुन) यताको तथ्याङ्कअनुसार हालसम्म पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेको देखिन्छ । २०७४ साल (फागुन) मा प्रतिलिटर ९७ रुपैयाँ रहेको पेट्रोलको मूल्य अहिले १५० रुपैयाँ पुुगेको छ । ५ वर्षभित्र पेट्रोलको मूल्य प्रतिलिटरमा ४७ रुपैयाँ बढेको हो । यस अवधिमा डिजेलमा प्रतिलिटर ५० र मट्टितेलको मूल्य प्रतिलिटर ५० रुपैयाँले बढेको छ । २०७४ साल (फागुन) मा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर समान ८३/८३ रुपैयाँ थियो । त्यसयता २०७८ (फागुन) सम्म आइपुग्दा डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १३३/१३३ रुपैयाँ पुगेको छ । यो तथ्यांकले पछिल्लो ५ वर्षको अवधिमा सबैखाले पेट्रोलियम पदार्थको मूल्य बढ्दो क्रममा रहेको देखाउँछ । खासगरी, नेपालमा खपत हुने शतप्रतिशत पेट्रोलियम पदार्थ पूर्णरूपमा अन्तरराष्ट्रिय बजारमा निर्भर छ । नेपालमा खपत हुने सम्पूर्ण पेट्रोलियम पदार्थ खाडी मुलुक हुँदै भारतबाट आयात हुन्छ । यसरी आयात हुने पेट्रोल, डिजेल र मट्टितेलको मूल्य अन्तरराष्ट्रिय बजारको मूल्य अनुसार नै निर्धारण गर्छ । यसको अर्थ, विश्व बजारको माग र आपूर्ति श्रृङ्खलाअनुसार कायम हुन आउन मूल्यमै नेपालले पेट्रोलियम पदार्थ खरिद गर्नुपर्छ । जुन, पछिल्लो समय निरन्तर उकालोतर्फ छ । यसका साथै, निरन्तर बढिरहेको अमेरिकी डलरको मूल्यले समेत नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य बढाउन भूमिका खेल्छ । अन्तर्राष्ट्रिय बजारमा डलरमा तोकिने कच्चा तेलको मूल्य खरिद गर्दा डलरमै भुक्तानी गर्नुपर्छ । जसकारण, डलर निरन्तर महँगो हुँदै जानु र नेपाली मुद्रा निरन्तर कमजाेर हुँदै जाँदा पनि पेट्रोलियम पदार्थको मूल्य उकालो लाग्दैछ ।

५ वर्षमा पेट्रोलियम पदार्थको मूल्य :

 

 

 

 

 

विगत ५ वर्षको अवधिमा अन्य पेट्रोलियम पदार्थको मूल्यसँगै खाना पकाउने एलपी ग्यासको मूल्य पनि बढेको छ । आयल निगमले दिएको जानकारी अनुसार २०७४ साल (फागनु) देखि २०७८ साल (फागुन)सम्म आइपुग्दा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँ बढेको छ । २०७४ साल (फागुन) मा प्रतिसिलिन्डर १ हजार ३७५ रुपैयाँ रहेको एलपी ग्यासको मूल्य अहिले १ हजार ५७५ रुपैयाँ पुगेको छ । यसबीचमा केही समय यसको मूल्यमा घटबढ भएको देखिन्छ ।  साभार : रापा

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार