स्थानीय तहमा ६० देखि ७० प्रतिशतसम्म जित्छौं…..

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा कम्तीमा ६० प्रतिशत स्थानीय तहमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् । काठमाडौंमा मंगलबार आयोजित अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा ६० देखि ७० प्रतिशतमा एमालेले जित्ने दाबी गरेका हुन् । उनले एमालेलाई निर्वाचन जित्नका लागि कसैको बैशाखी टेक्नु नपर्ने भन्दै चुनावी प्रतिस्पर्धा स्वस्थ गर्नुपर्ने पनि बताए । ‘हामीले यसको बैशाखी टेक्नुपर्छ, यो ढोडको लौरो टेक्नुपर्छ अनि मात्रै हामी हिँड्न सक्छौं भन्ने होइन । हामी चुनाव लड्न सक्छौं । हामी मज्जाले जित्न सक्छौं,’ उनले भने, ‘हामी ६० देखि ७० प्रतिशत स्थानीय तहमा निर्वाचन जित्न सक्छौं । केही केही ठाउँमा हार्न पनि त तयार हुनुपर्ने भन्दै ओलीले राजनीतिको प्रतिस्पर्धाको निर्णायक थलो जनताको अभिमत रहेको उल्लेख गरे । अध्यक्ष ओलीले नेपालको राजनीति प्रतिगामी शक्ति र जनादेश चाहने शक्ति बीचको दुई ध्रुवमा रहेको बताए । उनले सत्ता गठबन्धनले प्रतिगामी शक्तिको प्रतिनिधित्व गरेको आरोप लगाउँदै आफूहरु भने जनताको फैसला मान्ने जनपक्षीय शक्ति रहेको जिकिर गरे । अध्यक्ष ओलीले एमालेबाट फुटेर जानेहरु पतित भएको संज्ञा दिए । उनले स्थानीय तहको निर्वाचन अगाडि पार्टीको नीति, निर्णय र निर्देशनको पालना गर्दै गाउँ र टोल कमिटीसम्म संगठन विस्तार गर्न नेता, कार्यकर्तालाई निर्देशन दिए । सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तह निर्वाचन मिति तय गरेको छ ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार