रूसविरुद्ध विहीबार मतदान गरेको भारतले बोली बदलेकोछ…..

काठमाडौं- अन्तरराष्ट्रिय फौजदारी अदालत (आइसीजे) मा रूसविरुद्ध विहीबार मतदान गरेको भारतले बोली बदलेको छ । भारतका तर्फबाट अन्तरराष्ट्रिय न्यायालयका न्यायाधीश दलवीर भण्डारीले निजी हैसियतमा मतदान गरेको भारतले दाबी गरेको हो । विहीबार भारतीय न्यायाधीश भण्डारीले संयुक्त राष्ट्रसंघको सर्वोच्च अदालत पनि भनिने अन्तरराष्ट्रिय फौजदारी अदालत​मा रूसविरुद्ध मतदान गरेका थिए । रूसको आक्रामकता रोक्न युक्रेनको मागबमोजिम भएको मतदानमा भारतसहित १३ देशका प्रतिनिधि न्यायाधीशले रूसविरुद्ध मत दिएका दिए। रूसका न्यायाधीश किरिल जीवार्जिएन (आइसीजे उपाध्यक्ष) र चीनका न्यायाधीश हुए हानकिनले भने अदालतको आदेशविरुद्ध अर्थात रूसको पक्षमै मतदान गरेका थिए । परम्परागत मित्र भारतले आफूविरुद्ध मत दिएपछि रूस चिढिएको थियो । रूस चिढिएपछि भारतीय विदेश मन्त्रालयले आइसीसीमा भएको मतदान भारतको आधिकारिक निर्णय नभएको र न्यायाधीश भण्डारीले व्यक्तिगत हैसियतमा मत दिएको तर्क भारतले गरेको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम वागचीले आइसीसीमा भएको मतदान व्यक्तिगत आधारमा भएको र त्यसमाथि टिप्पणी गर्नु सही नभएको बताएका हुन्। भण्डारी भारतीय एक नागरिक भएको र आइसीजेको न्यायाधीश पनि व्यक्तिगत हैसियतमै रहेको दाबी गरे । साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार