उत्तरपूर्वमा लाखौँ मानिसहरुलाई घरमै बस्न आदेश, किभको सपिङ मलमा क्षेप्यास्त्र प्रहार…..

काठमाडौं- चीनले देशको उत्तरपूर्वमा लाखौँ मानिसहरुलाई घरमै बस्न आदेश दिएको छ । कोभिड–१९ का घटनामा फेरि बृद्धिसँगै सरकारले सर्वसाधारणलाई यस्तो आदेश दिएको हो । लक्षित क्षेत्रमा तालाबन्दी, सामूहिक परीक्षण र यात्रा प्रतिबन्ध जस्ता तरिका अप्नाएर सन् २०२० को सुरुमा चीन सरकारले कोभिडलाई नियन्त्रणमा राख्न सफल भएको थियो । तर, पछिल्लो समयमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रेनका कारण संक्रमण फैलिएको छ । जिलिन प्रान्तको दोस्रो ठूलो सहर जिलिनमा सोमबार रातिदेखि तीन दिन लकडाउन घोषणा गरिएको छ । जिलिनमा ४५ लाख मानिस बसोबास गर्छन् । पछिल्लो २४ घन्टामा चीनमा ४ हजार भन्दाबढी कोभिडका नयाँ संक्रमित भेटिएका थिए ।

किभको सपिङ मलमा क्षेप्यास्त्र प्रहार, ८ जनाको मृत्यु

रुसी सेनाले युक्रेनको राजधानी किभस्थित एउटा सपिङ मलमा रुसी सेनाले क्षेप्यास्त्र प्रहार गर्दा कम्तीमा ८ जनाको मृत्यु भएको छ । विस्फोटमा केही घाइते भएका छन् । रेट्रोभाइल सपिङ मलमा रुसी सेनाले विस्फोट गराएका हुन् । विस्फोटपछि सपिङ मल वरपर राखिएका सवारी साधनहरुमासमेत क्षति भएको थियो । विस्फोटपछि १० तले सो भवनमा आगो लागेको थियो । आगो निभाउन ६३ अग्नि नियन्त्रकहरू परिचालन गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ । पछिल्लो समयमा रुसी सेनाले आवासीय भवन र सैनिक अखडाहरुलाई निशाना बनाएको छ । रुसी हमलामा अहिलेसम्म १ करोड युक्रेनीले घर छाडेका राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरले जनाएको छ । २४ फेब्रुअरीदेखि सुरु भएको रुसी हमलामा लाखौँ युक्रेनीले विभिन्न देशमा शरण लिएका छन् ।  साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार