मलेसियामाथि विजयसहित नेपाल फाइनलतर्फ…..

काठमाडौँ — आसिफ शेखले अर्धशतक बनाएपछि नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखलामा बुधबार मलेसियामाथि ६ विकेटको सहज विजय हात पारेको छ । नेपालले १ सय १५ रनको लक्ष्य ६.२ ओभर अगाडि नै पुरा गर्‍यो । आसिफले बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ३८ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५७ रन बनाए । ट्वान्टी २० अन्तर्राष्ट्रियमा यो उनको दोस्रो अर्धशतक हो । गत वर्ष नेदरल्यान्ड्सविरुद्धको खेलबाट डेब्यु गर्दै उनले अविजित ५४ रन बनाए यता उनले पहिलो अर्धशतक बनाएका हुन् । अर्का ओपनर कुशल भुर्तेल १ रनमै आउट भए । रोहित पौडेल १० बलमा १२ रन बनाएर आउट भएपछि आसिफ र दीपेन्द्रले तेस्रो विकेटमा ७० रनको साझेदारी गरे । दीपेन्द्रले १७ बलमा १ चौका र १ छक्का प्रहार गरी २१ रन बनाए । डेब्यु गरिरहको विकेटकिपर ब्याटर दीलिप नाथ ७ बलमा ३ चौका प्रहार गर्दै १५ र कुशल मल्ल २ रन बनाई अविजित रहे । यसअघि टस जितेपछि पहिला ब्याटिङ गर्ने निर्णय गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय १४ रनमात्र बनाउन सक्यो । करण केसीले नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । खेलको पहिलो बलमै करणले वीरनद्धिप सिंहलाई बोल्ड गरेका थिए । जुबाइदी जुल्किफले र कप्तान अहमद फैजले मलेसियाको इनिङस तान्ने प्रयास गरे पनि नेपाली बलरले कसिलो बलिङ प्रदर्शन गरेका थिए । जुल्किफले १५ बल खेली ३ चौका र २ छक्का प्रहार गरी ३२ रन बनाए । उनलाई कुशल मल्लले बोल्ड गरे । फैजले ३८ बलमा ३ चौका प्रहार गरी २४ रन बनाए । सैयद अजिजले १४ र मोहम्मद अमिरले १६ रन बनाए । कप्तान सन्दीप लामिछाने र करण केसीले २/२ विकेट लिए । सन्दीपले ४ ओभरमा २७ र र करणले ३ ओभरमा १६ रन खर्चे । दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १ मेडन राख्दै १४ रन खर्चेर १ विकेट लिए । अविनाश बोहराले ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिए । दुबै टोलीको प्रतियोगितामा यो दोस्रो खेल हो । आफनो पहिलो खेलमा दुबैले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध विजय हात पारेको थियो । नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले पराजित गरेको थियो । मलेसियाले पीएनजीमाथी ८ रनको एतिहासिक विजय हात पारेको थियो । नेपालले पीएनजीविरुद्ध सोमबार खेलेको टोलीबाट लोकेश बमको स्थानमा दीलिप नाथलाई खेलाएको छ । दीलिपको टवान्टी २० अन्तर्राष्ट्रियमा यो ‘डेब्यु’ खेल हो । उनी विकेटकिपिङका साथै ब्याटरको भुमिकामा छन । आसिफ शेख ब्याटरको रुपमा मात्र खेल्ने छन । मलेसिया माथि विजय हात पारेमा नेपाल फाइनल प्रवेश सम्भावना बलियो हुनेछ । नेपालले मलेसियाविरुद्धको पछिल्ला ४ खेलमा ३ मा विजय हात पारेको छ । गत वर्ष नेपालमै भएको त्रिकोणात्मक टवान्टी २० शृंखलामा नेपालले मलेसियास“ग राउन्ड रोबिनको दुबै खेल जितेको थियो । तर २०२२ को मार्चमा थाइल्यान्डमा भएको एसीसी टवान्टी २० छनोटमा मलेसियाले नेपाललाई २२ रनले पराजित गरेको थियो । सरभिन मुनिआउन्डीले ४ विकेट लिदैं प्लेयर अफ द म्याच बनेको थिए । उनले नै मंगलबार पीएनजीविरुद्ध ४ विकेट लिदैं प्लेयर अफ द म्याच प्रदर्शन गरेका थिए । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार