चुच्चे नक्सा नराख्दा राष्ट्रको शिर निहुरियो…..

काठमाडौँ — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिल्लीस्थित नेपाली दूतावासमा लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा नराखेको भन्दै आपत्ति जनाएका छन् । बुद्धिजिवी परिषद्‌को १० औं महाधिवेशनको उद्घाटन गर्दै उनले दूतवासमा चुच्चे नभइ बुच्चे नक्सा राखिएको बताए । उनले यस्तो काम वर्तमान सरकारले पटकपटक गरेको पनि बताए । सम्मानीय प्रधानमन्त्रीले प्रकाशित गरेको एक सय दिनको विवरणमा चुच्चे नक्सा हटाइयो । भौगोलिक अखण्डाप्रतिको यो खेलबाड के साधारण कुरा हो? ’ ओलीले भने, ‘हिजो मात्रै दिल्लीस्थित नेपालको दूतवासमा टाँगिएको फोटोमा त्यहाँ नेपालको बुच्चे नक्सा राखिएको छ, चुच्चे नक्सा हटाइएको छ । योभन्दा राष्ट्रिय दलाली र योभन्दा राष्ट्रको गौरव र शीर निहुर्‍याउने योभन्दा लज्जाजनक कुरा के हुन्छ ? ओलीले प्रधानमन्त्री देउवाको दिल्ली भ्रमणको उद्देश्यको बारेमा समेत प्रश्न गरेका छन् । ‘दिल्ली किन जानुभयो शेरबहादुरजी फर्किएर पछि सोधौंला भनेको थिएँ । यही राष्ट्रिय बेइमानीका लागि जान लाग्नु भएको हो ? के–का लागि जान लाग्नु भएको हो ?,’ ओलीले भने, ‘नेपाल फर्किनुभन्दा अघि दिल्ली दूतावासमा हाम्रो सरकारले संविधान संशोधन गरेर बनाएको नक्सा राखेर वा हटाएर फर्किनु हुन्छ ?  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार