नेटोको अर्को निशाना चीन…..

काठमाडौं –   चीनबाट आएको बढ्दो सुरक्षा चुनौतीको प्रतिकारमा एसियामा नेटोले साझेदारहरुसँगको समन्वयलाई थप गहन बनाउने योजना बनाएको छ । रुसले युक्रेनमा गर्दै आएको सैन्य आक्रमणप्रति चीनले आलोचना गर्न अस्वीकार गर्दै आएको नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले बताएका छन् । सदस्य राष्ट्रका साथै फिनल्यान्ड, स्वीडेन, जर्जिया र ईयूका विदेश मन्त्रीहरुको बैठक आयोजना गर्ने घोषणा पनि उनले गरेका छन् । यद्यपि उनले एसिया प्रशान्तका साझेदारहरु जस्तै– अस्ट्रेलिया, न्यूजिल्यान्ड, जापान र दक्षिण कोरियालाई पनि सम्मेलनमा आमन्त्रित गरिने जनाए । हालको सुरक्षा संकटको विश्वव्यापी प्रभाव रहेको पनि उनले बताए । बैठकमा विदेश मन्त्रीहरुले नयाँ रणनीतिक अवधारणाको बारेमा पनि छलफल गर्नेछन् । यो युक्रेनमा भएको सैन्य द्वन्द्वको विषयमा हुनेछ । तर यसले पहिलो पटक चीनको बढ्दो प्रभावको विषयलाई पनि समावेश गर्नेछ । चीन रुसको आक्रामक व्यवहारलाई आलोचना गर्नबाट पनि अनिच्छुक देखिएको छ र मस्कोको नजिक पनि देखिएको छ,’ स्टोल्टेनबर्गले बताए । अमेरिकी सरकारको वित्तीय सहयोगको फ्रिडम हाउसका अनुसार नेटोका ३५ सदस्यमध्ये पाँच मुलुकमा पूर्ण प्रजातन्त्रको अवस्था छैन । यी राष्ट्रमा टर्की, हंगेरी, अल्बानिया, नर्थ मेसोडोनिया र मोन्टेनेग्रो छन् । यो ब्लक एसिया प्रशान्तका साझेदारहरुसँग हतियार नियन्त्रण, साइबर, हाइब्रिड र प्रविधिको क्षेत्रमा सहयोगको अवस्थालाई गहन बनाउन सक्षम हुने बताएका छन् । युक्रेनमाथि रुसले आक्रमण सुरु गरेदेखि नै बेइजिङले यो विषयमा विशेष किसिमको अडान लिँदै आएको छ । उसले द्वन्द्वको शान्तिपूर्ण समाधान गर्न आह्वान गर्दै मस्कोको आलोचना गर्न भने अस्वीकार गर्दै आएको छ । चीनले अमेरिका, क्यानडा, बेलायत, ईयू, जापान, अस्ट्रेलिया र अन्य राष्ट्रको आर्थिक प्रतिबन्धमा आबद्ध हुन अस्वीकार गर्दै आएको छ ।  साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार