त्रिभुवन लुम्फङ्वार्को ‘चौविसै वारी छथर’ सार्वजनिक

चौविसै वारी छथर, पुग्दैन मनको रहर,
नुबुवा खोलाको पानी चोखो छ,
हातै समाई सोःमिमा ज्यू, चोःत्लुङ पार्कमा घुम्ने धोको छ,
चौविसै पारी छथर, मरेर लानु के छ र ? खदम खोलाको पानी चोखो छ ।

मनै वहलाउने, मर्मस्पर्सी पुर्वेली लोकभाखाको म्यूजिक भिडियो हिजो काठमाडौमा राई इज किङ्ग उपनाम ले प्रख्यात गायक राजेस पायल राई को प्रमुख आतिथ्य,लाजेसा भगत सुब्बा जस्ता व्यक्तित्व  को उपस्थितिमा  कलाकार र पत्रकारहरु सम्मिलित एक समारोहविच सार्वजनिक भएको छ । नेपाली साँगितिक आकाशमा म्यूजिक भिडियो सार्वजनिक नहुँदै टिकटकमार्फत सर्वाधिक चर्चामा रहेको यो गीतलाई पेपराज माबुहाङ्ग र सुनिता संयकले स्वर दिएका छन् ।


याक्थुङ (लिम्बू) समुदायको चर्चित ख्यालीबाट शुरु गरिएको म्यूजिक भिडियोमा नयाँ शैलीको प्रयोग गरिएको छ ।
उज्यालो घ्यूू ए..,
सोःमिमा ज्यू ए..,
ए.. कतिमा राम्रो तोरिबारी,
सोल्टीनी उता कोशीपारी,
ऐसेलु फुल्यो, वन भो सेतै,
ज्यान मात्र यता, मन छ उता ।

धान छरी ज्यू ए…,
सोःमिपा ज्यू ए…,
ए.. धानैमा काटी सुकि नाम्ले,
सम्झेको छु है दुःखी ज्यानले,
माछीले जालै हान्छ नि हौ,
मनमात्रै कटक्कै खान्छ नि हौ ।

हङकङलाई लामो समयदेखि कर्मथलो बनाउदै आउनुभएका सामाजिक संघसस्थामा कार्यरत समाजसेवी, कर्मठ कलाकार त्रिभुवन लुम्फङ्वा को म्यूजिक भिडियोमा पहिलो अभिनय हो ।

यस भिडियो का निर्माताहरु सेर बहादुर लक्सम्बा, हिम सिंगक, पृथिबी इङ्गनाम र रिजिन साम्बा रहेकाछन।

पेसल माबुहाङ्ग को रचना,  संजय तुम्भाहाम्फे को संगीत संयोजनमा गायक गायिकाको सुमधुर स्वरमा सजिएको म्यूजिक भिडियोले नेपाली गीत संगीतको दुनियामा गतिलो इँटा थप्न सक्ने अपेक्षा गर्न सकिन्छ । भुपेन्द्र तुम्बाहाम्फे द्वारा क्यामेरा र निर्देशन गरेका म्यूजिक भिडियोलाई  दिनेस माङ्ग्मु को कोरियोग्राफी र अनिल राणा ले सम्पादन गरेका हुन् भने ड्रोन भोगेन्द्र याम्फु र क्यामेरा एसिस्टेन अरुण नेउपाने ले गरेका छन।

कलाकार, त्रिभुबन लुम्फुवा, सोना लिम्बु, बिष्णु मुखिया, संगीता लावोती आदि रहेकाछन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार