राजनीतिमा भागबन्डा,सहमतिपत्रमा हस्ताक्षरको तयारी…..

काठमाडौँ — सत्तारुढ गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरपालिकाको भागबन्डा टुंगो लगाएको छ । प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा बसेको बैठकमा दलीय भागबन्डा टु्ंगिएको माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिएका छन् । उनका अनुसार अन्तिम सहमति पत्रमा केहीबेरपछि हस्ताक्षर हुँदैछ । ‘सिट बाँडफाँटमा सहमति भयो, अब हस्ताक्षर गरेर सहमतिपत्र सार्वजनिक गर्छौं,’ उनले भने । ६ महानगर र ९ उपमहानगरको प्रमुख र उपप्रमुखको भागबन्डा मंगलबार रातिको बैठकमा नै सहमति बनिसकेको थियो भने बाँकी पालिकाहरुमा आजको बैठकले टुंगो लगाएको हो । भागबन्डा मिलाउन दलहरुबीच बालुवाटारमा छुट्टाछुट्टै छलफलसमेत भएको थियो । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार