स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार संख्या एक लाख नाघ्यो…..

काठमाडौँ — स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्तामा गर्नेको संख्या एक लाख नाघेको छ । आइतबार र सोमबार दुई दिन भएको उम्मेदवारी दर्ताको तथ्यांक निर्वाचन आयोगको प्रणालीमा सोमबार राति ११ बजेको सार्वजनिक गरेको छ । जसमा उम्मेदवार संख्या एक लाख नाघेको छ । पालिका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य पदमा एक लाख, चार हजार, एक सय २३ जनाले उम्मेदवारी दर्ता गरेको विवरण आयोगको प्रणालीमा प्रविष्ट भएको छ । आयोगले उम्मेदवारी दर्ताको प्रदेशगत विवरण उपलब्ध गराएको छ । प्रदेशगत रूपमा सबैभन्दा बढी मधेस प्रदेशमा उम्मेदवारी परेको छ । जहाँ ११ बजेसम्मको विवरणअनुसार २४ हजार एकसय ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता संख्याको दोस्रो नम्बरमा प्रदेश १ परेको छ । यो प्रदेशका स्थानीय तहका विभिन्न पदमा १८ हजार चार सय ९९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, लुम्बनी प्रदेशमा १७ हजार सात सय २० जनाले उम्मेदवारी दर्ता गराउँदा वागमती प्रदेशका स्थानीय तहमा भने १७ हजार दुई सय २५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सुदूरपश्चिम प्रदेशमा नौ हजार २० र कर्णाली प्रदेशमा आठ हजार नौ सय ८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सबैभन्दा कम उम्मेदवारी गण्डकी प्रदेशमा दर्ता भएको छ । यहाँ आठ हजार पाँच सय २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुँदैछ । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार