प्रशिक्षकको व्यवहारप्रति सार्वजनिक रुपमा असन्तुष्टि…..

काठमाडौं-    नेपाली फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारप्रति नेपाली फुटबल टोलीका कप्तानले सार्वजनिक रुपमा असन्तुष्टि पोखेका छन् । कप्तान किरण चेम्जोङले राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति सार्वजनिक रुपमा असन्तुष्टि जनाएका हुन् । राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु गलत भएको उनको भनाइ छ । सामाजिक सञ्जालमार्फत उनले आफू खेलाडीको पक्षमा रहेको स्पष्ट गरेका छन् । राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ । राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सहि होइन’, उनले भने,‘ टोलीको कप्तान र एक सदस्यको हिसाबले म सधैं खेलाडीको पक्षमा छु । राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका केही खेलाडी विवादकै कारण अनुपस्थित भएका थिए । अल्मुताइरीसँगको खटपटपछि रोहित चन्दसहित केही खेलाडी बन्द प्रशिक्षणमै अनुपस्थित भएका हुन् । होस्टलमा खेलाडी राखेको विषयमा विवाद भएको प्रशिक्षणमा अनुपस्थित एक खेलाडीको भनाइ छ ।  साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार