हेलिकोप्टर चढेर मनोनयन गर्न आउनेलाई कार्यकर्ताबाट हातपात…..

खोटाङ — जिल्लामा उपचार सम्भव नभएका सिकिस्त बिरामीलाई थप उपचारका लागि विराटनगर, धरान र काठमाडौं पुर्‍याउन हेलिकोप्टर आउनु खोटाङबासीका लागि कुनै नौलो घटना होइन । प्रत्येक वर्ष औसतमा खोटाङबासीले तीस हेलिकोप्टर चार्टर गर्छन् । तर‚ सोमबार जिल्ला सदरमुकाम दिक्तेल र हलेसीमा ल्यान्ड भएका हेलिकोप्टर बिरामी ओसार्न आएका थिएनन् । मेयर पदमा उम्मेदवारी दिन धर्मराज पोखरेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा हेलिकोप्टर लिएर आएका थिए भने विमला राई हलेसी तुवाचुङ नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिन मनाङ एयरको हेलिकोप्टर चढेर पुगेकी थिइन् । उनीहरू दुवै तीन लाख ६० हजार रुपैयाँ खर्च गरेर विराटनगरदेखि आइपुगेका थिए । २०४६ देखि राष्ट्रिय प्रजातन्त्र पार्टीमा क्रियाशील पोखरेल तीन वर्षअघि राप्रपाबाट कांग्रेसमा छिरेका थिए । काठमाडौंस्थित विजय इन्जिनियरिङ कन्सल्टेन्सीका प्रबन्ध निर्देशक र विजय अर्गानिक भिलेज कम्पनीलगायतका मालिक रहेका पोखरेलले टिकट ढिलो गरी टुंगो लागेकाले गाडीमा आउन नसकिने भएपछि हेलिकोप्टर चार्टर गर्नुपरेको बताए । उनीसँगै हेलिकोप्टर चढेर पुगेकी राई भने निवर्तमान उपमेयर हुन् । उनले टिकट हात पार्दा दिउँसोको १२ बजिसकेकाले मनोनयनका लागि समयमै पुग्न हेलिकोप्टर प्रयोग गर्न बाध्य भएको बताइन् । ‘परेको हेलिकोप्टर भाडा धर्मराज दाइलाई पछि तिर्ने गरी उम्मेदवारी दिन गएकी हुँ । हेलिकोप्टर चढेर पुगे पनि धर्मले उम्मेदवारी भने दर्ता गर्न पाएनन् । केन्द्रले तिर्थराज भट्टराईलाई टिकट दिएका कारण उनी त्यसै फर्किए । कांग्रेस प्रदेश सभापति उद्धव थापाको हस्ताक्षरको टिकट पाएपछि मनोनयन गर्न हेलिकोप्टरमा दिक्तेल पुगेका पोखेरलले त्यहाँ कार्यकर्ताबाट हातपातकै सामना गर्नुपर्‍यो । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार