नेपाल प्रहरीको महानिरीक्षकमा धीरजप्रताप सिंह…..

काठमाडौँ — मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंहलाई बढुवा गरेको छ । मन्त्रिपरिषद्को आइतबार बालुवाटारमा बसेको बैठकले गृह मन्त्रालयको प्रस्तावमा एआईजी सिंहलाई महानिरीक्षकमा बढुवा गरेको एक मन्त्रीले जानकारी दिए । प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री अवकाशमा गएपछि बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरी महानिरीक्षकमा सिंहलाई नियुक्त गरेको हो । २०४९ चैतमा सेवा प्रवेश गरेका तर एआईजी, डीआईजी र एसएसपीमा फरकफरक मितिमा बढुवा भएका विश्वराज पोखरेल, सहकुलबहादुर थापा, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुक प्रहरी महानिरीक्षकका लागि प्रतिस्पर्धामा थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ज्येष्ठता र वरीयता मिचेर महानिरीक्षक नियुक्त गर्दा अप्ठ्यारो पर्न सक्ने भन्दै वरीयताका आधारमा नियुक्त गर्न सुझाव दिए पनि बालुवाटारकै दबाबमा सिंहलाई महानिरीक्षकमा नियुक्त गरिएको एक मन्त्रीले बताए । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत सिंह गत चैत ७ मा एआईजीमा बढुवा भएका थिए । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार