कुन पार्टीले कति स्थानीय तहमा लिए अग्रता?……

स्थानीय तह निर्वाचनको मतगणना सुरु हुन लागेको छ । देशका कतिपय स्थानीय तहमा मतगणना रातिबाट नै सुरु भएको छ भने कतिपयमा शनिबार बिहानैदेखि सुरु हुन गइरहेको छ । शनिबार बिहान ७ बजेसम्म देशभरिमा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसले गणना सुरु भएमध्येका ३९ स्थानीय तहका मेयर/अध्यक्षमा अग्रता लिएको छ । अग्रता लिने दोस्रोमा एमाले रहेको छ । एमालेले २१ स्थानमा अग्रता लिएको छ । तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ । उसले १७ स्थानमा अग्रता लिएको छ । एकीकृत समाजवादी, जसपा र अन्यले २-२ स्थानीय तहमा अग्रता लिएका छन् । उपप्रमुख/ उपाध्यक्षमध्येमा अग्रता लिनेमा पनि कांग्रेस नै अगाडि छ । कांग्रेसले ३४, माओवादी केन्द्रले १४, एमालेले १३, जसपाले ४ स्थानीय तहका उपमेयर/उपाध्यक्षमा अग्रता लिएका छन् । एकीकृत समाजवादी र अन्यले २-२ स्थानमा अग्रता लिएका छन् ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार