काठमाडौंको मेयरमा बालेन साहको अग्रता……

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले आग्रतालाई कायम गर्दै १ सय ९५ मत प्राप्त गरेका छन् । राष्ट्रिय सभा गृहमा जारी मतगणनामा कांग्रेसकी सिर्जना सिंहले पछ्याइरहेकी छन् । सिंहले १ सय ३५ मत प्राप्त गरेकी छिन् । एमालेका उम्मेदवार केशव स्थापितले १ सय ११ मत प्राप्त गरेका छन् । त्यसैगरी स्वतन्त्र उम्मेदवार सुमन सायमीले २८ र राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले २४ मत प्राप्त गरेको अधिकारीहरुले जनाएका छन् । ‘हालसम्म ५ सयभन्दा केही बढी मत गणना भएको छ’ निर्वाचन कार्यालयका एक अधिकारीले भने । अहिले वडा १ र वडा ३२ को मतगणना जारी रहेको छ । स्थानीय तह निर्वाचन २०७४ मा यी दुवै वडामा एमालेका उम्मेदवारहरु विजयी भएका थिए । काठमाडौैं महानगरपालिकामा ६४ प्रतिशत मतदान भएको थियो । महानगरपमा ३ लाख २ सय ४२ मतदातामध्ये १ लाख ९० हजार १ सय ७० जनाले मत खसालेका थिए । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार