५८ स्थानीय तहको मत परिणाम सार्वजनिक……

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत सोमबार बिहान २ बजेसम्ममा ५८ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमा नेकपा एमाले २०, नेपाली कांग्रेस २०, नेकपा (माओवादी केन्द्र)ले १६ र नेकपा (एकीकृत समाजवादी)ले २ स्थानीय तहमा प्रमुख पद जितेका छन् । उपप्रमुखमा सबभन्दा बढी कांग्रेसले २७, एमाले १७, माओवादी ११, एकीकृत समाजवादी ३, जनता समाजवादी पार्टी १ र स्वतन्त्र १ जितेका छन् । मतगणना जारी स्थानमध्ये प्रमुखतर्फ कांग्रेसले सबभन्दा बढी २७३, एमाले १७४, माओवादी केन्द्र १०१ र एकीकृत समाजवादीले १६ स्थानमा अग्रता लिएका छन् । यस्तै जसपा २८, लोकतान्त्रिक समाजवादी पार्टीले ११ स्थानमा अग्रता लिइरहेका छन् । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार