अनुशासन आयोगले कारबाहीका लागि सिफारिस…..

काठमाडौं-     नेकपा एमालेका स्थायी समिति सदस्य घनश्याम भुसाललाई पार्टीको अनुशासन आयोगले कारबाहीका लागि सिफारिस गरेको छ । आयोगका एक सदस्यका अनुसार भुसालले पार्टी अध्यक्षका विरुद्धमा अभिव्यक्ति दिएको भन्दै कारबाहीका लागि पार्टीको केन्द्रीय समितिलाई सिफारिस गरेको हो ।  भुसालले एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा पार्टीले स्थानीय चुनावमा बेहोरेको हारको नैतिक जिम्मेवारी लिँदै केपी शर्मा ओलीले अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने सुझाएका थिए । ती सदस्य रातोपाटीसँग भने, ‘गत १८ गते आयोगको सचिवालय बैठक बसेको थियो । सुरुमा वहाँलाई स्पष्टीकरण सोध्ने भनिएको थियो । तर पछि कारबाहीका लागि केन्द्रीय समितिलाई सिफारिस गर्ने निर्णय भयो ।  यता आयोगका अध्यक्ष केशव बडालले रातोपाटीसँग पत्र लेखेको पुष्टि गर्दै गर्दै भने, ‘आएको उजुरीको आधारमा वा सार्वजनिक ढंगले व्यक्त गरेका र आयोगले देखेको विषयहरुको बारेमा आयोगले अध्ययन गर्छ र केन्द्रीय कमिटीलाई पत्र लेखेर पठाउँछ । पार्टीको सदस्य रहुञ्जेल कसैले पनि पार्टीको दर्शन, मूल्य, मान्यता, सिद्धान्त र महाधिवेशन लाइनको विरुद्धमा बोल्न पाइँदैन ।   साभार : रापा 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार