उभौली रापवा शाँदर भब्यकासाथ सम्पन्न…..

ओखलढुङ्गा जिल्लाको खिजी देम्बा गाउँ पालिका वार्ड नं ४ काति डिगर्पू स्थित कोईंच सुनुवारहरूले मनाउदै आएको किरात सुनुवारूको महान चाड उभौली रापवा शाँदर भब्यकासाथ सम्पन्न भयो । उक्त शाँदरमा कर्मथलो हङकङ बनाएका खिजी कातिका अग्रज अनि समाजसेवी कोईंचहरुको तर्फबाट यस शाँदर ग्योरलाई लगभग ७० केजी को किङ्गो (घन्ट) चढाउनु भएको छ । उक्त किङ्गो (घन्ट) को सुनुवार सेवा समाजका संघीय अध्यक्ष रणवीर सुनुवार र खिजी देम्वा गाउँ पालिकाकाे उप अध्यक्ष शुशिला तामाङको हातबाट संयुक्त रूपमा घन्ट बजाएर उद्घाटन गरिएको थियो । साथै अन्य भद्र ब्यक्तित्व, बुद्धिजीविहरुको समुपस्थितिमा २०७९ साल जेठ ३१ गते विधिवत आदार पिदार गरि भव्य र सब्यका साथ सम्पन्न भयो । वर्षकाे दुइ पटक उँधाैली उभाैली गरिँदै आएकाे यस शाँदर (थान)बाट काेइँच भूमीकाे अन्य ८ वटा शाँदार थानको समेतकाे दर्शन गर्न सकिन्छ भने यस शाँदरमा पशुबली चढाईदैन र पशुबलीको सट्टा फलफूल चढाउने गरिन्छ । यस वर्षकाे वैशाख पूर्णिममा गर्नुपर्ने शाँदार पिदार चुनावकाे कारण स्थगित भएको शाँदर पिदार जेष्ठ पूर्णिमाको दिन गरिएको थियो ।  किङ्गो (घन्ट) अग्रज तथा समाजसेवीहरु- नरेश सुनुवार (ठुले) फाेत, श्यामकर्ण सुनुवार फाेत, विष्णुप्रसाद सुनुवार पुश्पते, बीरबहादुर सुनुवार फाेत, र नवीन कुमार सुनुवार (तारा) फाेत, उक्त घण्ट चढाएका हुन् । घण्टलाई किरात सुनुवार लिपीमा शिलालेख कुँदेको ढुङ्गाकै स्तम्भ तयार गरेर निर्माण गरिएको छ । किरात सुनुवार सेवा समाज वडा ४ समिति, शाँदर संरक्षण समिति र राज कुमार सुनुवार (राजन) को संयुक्त समन्वयमा सम्पन्न शाँदर पिदार २०७९ को उत्घाटन कार्यक्रमलाई ख्याम राज सुनुवारले सञ्चालन गर्नु भएको थियो । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार