रामेछापको सुनापति गाउँपालिका–५ मा बस दुर्घटना…..

रामेछाप- रामेछापको सुनापति गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमा ९ जना र काभ्रेको धुलिखेल अस्पतालमा उपचारको क्रममा ४ जनाले ज्यान गुमाएका छन् । धुलिखेल अस्पतालमा मृत्यु भएका ४ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाका अनुसार अस्पतालमा मृत्यु हुनेहरूमा सुनापति–५ घर भएका २४ वर्षीय बुद्ध तामाङ, ४५ वर्षीय राम बहादुर श्रेष्ठ, ६० वर्षीय नेमा तामाङ र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ घर भएकी ३६ वर्षीया धनमाया तामाङ छन् । धुलीखेल र बनेपा स्थित शिर मेमोरियलमा उपचाररत २१ जनामध्ये ७ जनालाई काठमाडौँको केएमसी अस्पताल र ललितपुर स्थित बिएण्डबी अस्पतालमा रिफर गरिएको छ ।  साभार : रापा

 घटनास्थलमा मृत्यु हुनेहरू :

१. ठुला तामाङ, (६० वर्ष) सुनापति–५ रामेछाप ।

२. समरिता तामाङ, (२६ वर्ष) सुनापति–४ रामेछाप ।

३. खड्क बहादुर बिक, (३६ वर्ष) सुनापति–५ रामेछाप ।

४. कमल तामाङ, (२५ वर्ष) रोशी गाउँपालिका–४ काभ्रे ।

५. सुदीप गजमेर, (१८ वर्ष) पाँचखाल–८ काभ्रे ।

६. बिपना तामाङ, (२२ वर्ष) सुनापति–५ रामेछाप ।

७. शुभलक्ष्मी मानन्धर, (६० वर्ष) मण्डन देउपुर नगरपालिका –९ काभ्रे ।

८. सन्जु आले मगर, (३६ वर्ष) सुनापति–५ रामेछाप, खनियापनी ।

९. कुल बहादुर बिक, (४० वर्ष) पाँचखाल–८ काभ्रे ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार