उपसभामुख पदका लागि शुक्रबार निर्वाचन हुदै…..

काठमाडौं –   प्रतिनिधिसभाको उपसभामुख पदका लागि शुक्रबार हुने निर्वाचनमा सत्तारुढ पाँच दलका तर्फबाट काँग्रेसकी पुष्पा भुसाल (गौतम) र एमालेका तर्फबाट विद्या भट्टराईबीच प्रतिस्पर्धा हुने भएको छ । तर प्रतिनिधि सभामा गठबन्धनतर्फ बहुमत भएकाले भुसालको जीत निश्चित जस्तै छ । संघीय संसद सचिवालयले उपसभामुख चयनका लागि उम्मेदवारी मनोनयन गर्न बिहीबारलाई निर्धारण गरेको समयसीमाभित्र भुसाल र भट्टराईको मात्रै मनोनयन दर्ता भएपछि उनीहरुबीच प्रतिस्पर्धा हुने भएको हो । उपसभामुख पदका लागि शुक्रबार दिउँसो ३ बजे निर्वाचन हुदैछ । गठबन्धनका तर्फबाट उपसभामुखमा उठेकी भुसालको प्रस्तावकमा माओवादी सांसद देव गुरुङ छन् भने समर्थकमा एकीकृत समाजवादीकी लक्ष्मी चौधरी छन् । उता गठबन्धनविरुद्ध एक्लै प्रतिस्पर्धा गर्न लागेको एमाले उम्मेदवार भट्टराईको प्रस्तावकमा एमालेकै सांसद शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन् । उम्मेदवारको मनोनयन गर्ने केही घण्टा अघिसम्म एमालेले उपसभामुखमा लोकतान्त्रिक समाजवादी पार्टीलाई सघाउने भनेपनि अन्तिम समयमा लोसपाले हार्ने निश्चित भएकाले उम्मेदवारी नदिने निर्णय गरेको थियो । लोसपाको उक्त निर्णयपछि एमालेले आफ्नै उम्मेदवार उभ्याएको हो । ०७६ सालदेखि रिक्त रहेको उपसभामुखका लागि बुधबार सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचन गर्ने घोषणासहित निर्वाचन कार्यतालिका सार्वजनिक गरेका थिए ।  साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार