राष्ट्रपति राजापाक्षले दिए राजीनामा…..

काठमाडौँ — मुलुक छोडेर भागेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापक्षले बिहीबार राजीनामा दिएका छन् । मालदिभ्स हुँदै सिंगापुर पुगेका उनले उतैबाट सभामुखलाई ईमेलबाट राजीनामा पठाएका हुन् । राजापाक्ष परिवारको कुशासनका कारण मुलुक नै आर्थिक टाट पल्टेको छ । त्यसैविरुद्ध आन्दोलन चर्किएको छ । श्रीलंकामा ज्यानको समेत जोखिम बढेपछि राष्ट्रपति राजापाक्ष मुलुक छोडेर भागेका थिए । उनको राजीनामाबारे शुक्रबार सभामुखले जानकारी गराउने बीबीसीले लेखेको छ । बीबीसीकाअनुसार राजापाक्षको राजीनामाको खबर आएपछि प्रदर्शनकारीहरुले श्रीलंकामा खुसीयाली मनाएका छन् । उनी भागेपछि प्रधानमन्त्री रनिल बिक्रमासिंघेले कार्यवहाक राष्ट्रपतिको रुपमा काम गर्दै आएका छन् । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार