बाबुराम भट्टराईको नयाँ पार्टी दर्ता…..

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा)बाट अलग्गिएका बाबुराम भट्टराईसहितको समूहले नेपाल समाजवादी पार्टी (नेसपा) गठन गर्ने भएको छ । निर्वाचन आयोगले बिहीबार समावेशी लोकतान्त्रिक पार्टीका अध्यक्ष दीपक लामिछानेले गरेको पार्टीको नाम परिवर्तन गर्ने प्रस्तावलाई आयोगले स्वीकृति प्रदान गरेसँगै भट्टराई समूहको नेसपा बन्ने भएको हो । हामीले नाम परिवर्तनका लागि दिएको निवदेनलाई आयोगले स्वीकृत गरेको छ‚’ भट्टराईको सचिवालयका विश्वदीप पाण्डेले भने, ‘केही दिनभित्रै बस्ने केन्द्रीय समितिको बैठकले बाँकी कामबारे निर्णय गर्ने छ । जसपाका अध्यक्ष उपेन्द्र यादवसँग विवाद चर्किँदै गएपछि गत फागुन ५ गते भट्टराईनिकट लामिछानेले निर्वाचन आयोगमा समावेशी लोकतान्त्रिक पार्टी दर्ता गराएका थिए । उक्त पार्टीको चुनाव चिह्न आँखा रहेको छ । लामिछानेले आयोगमा नाम, झन्डा, छाप परिवर्तन, विधान संशोधनका लागि निवेदन दिएका थिए । यादवसँग मतभिन्नता बढेपछि असारको अन्तिम साता भट्टराईले केन्द्रीय कमिटीको विस्तारित बैठक बोलाएका थिए । सो बैठकले पार्टी पुनर्गठन गर्ने निर्णय गरेको थियो । त्यसको एक दिनपछि यादवको अध्यक्षतामा पर्साको वीरगन्जमा भएको केन्द्रीय कार्यसमितिको बैठकले भट्टराईसहितका नेताहरूलाई कारबाही गरेको थियो । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार