नेपाल समाजवादी पार्टीको प्रथम बैठक…..

काठमाडौं-    नेपाल समाजवादी पार्टीको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले एक नम्बर वरीयताको अध्यक्षमा डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष महिन्द्र राय यादवलाई बनाएको छ । त्यस्तै बैठकले सहध्यक्षमा (तेस्रो वरीयतामा) गंगानारायण श्रेष्ठलाई बनाएको छ भने उपाध्यक्षमा हिसिला यमी, भक्तबहादुर शाह, दुर्गा सोव र महासचिवमा रमेशप्रसाद यादवलाई बनाएको छ । बैठकले ९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई प्रदेश इन्चार्ज पनि तोकेको छ । जसमा १ नम्बर प्रदेशमा राजेन्द्रकुमार किराती, मधेस प्रदेशमा देवेन्द्र यादव, वाग्मती प्रदेशमा अक्कलबहादुर थिङ, गण्डकी प्रदेशमा मोतिप्रसाद पंगाली, लुम्बिनी प्रदेशमा कमलप्रसाद खनाल, कर्णाली प्रदेशमा देवीबहादुर बुढाथोकी, सुदूरपश्चिम प्रदेशमा जनक शाह, गैरभौगोलिक विशेष प्रदेशमा ईश्वर रिजाल र प्रवास विशेष प्रदेशमा घमानसिं गुरुङलाई जिम्मेवारी दिइएको छ । बैठकले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा विचार र मुद्दा मिल्ने राजनीतिक शक्तिहरूसँग आवश्यकताअनुसार तालमेल, गठबन्धन, मोर्चा, ध्रुवीकरण र एकतासम्म गर्नसक्ने निर्णय गरेको छ । बैठकले हाल १८९ सदस्यीय केन्द्रीय सदस्य बनाएको छ । साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार