नागरिकता विधेयक पारित गर्ने कार्यसूची…..

काठमाडौं- संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्दै छ । आजको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसद्मा नै फिर्ता गरेको नागरिकता विधेयक नै पारित गर्ने तयारी गरेको छ । संसद् सचिवालयले जारी गरेको आजको बैठकको सम्भावित कार्यसूचीमा प्रतिनिधि सभामा विधेयक पारितका लागि निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख छ । संसद्ले यसअघि विधेयक प्रमाणीकरणका लागि पठाए पनि राष्ट्रपतिले संवैधानिक अधिकार प्रयोग गर्दै नागरिकता विधेयक पुनर्विचारका लागि संसद्मा फिर्ता पठाएकी थिइन् । यद्यपि, संसद्ले उक्त विधेयक जस्ताको तस्तै प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिसमक्ष पठाउन सक्ने संवैधानिक प्रावधान छ । सोही अधिकार संसद्ले प्रयोग गर्न लागेको हो । सत्ता गठबन्धनमा आबद्ध दलहरूले विधेयक पुनर्विचारका लागि पठाए पनि जस्ताको तस्तै अघि बढाउने समझदारी गरेका थिए ।  साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार