सिट बाँडफाँटमा हामी लचिलो हौँ…..

काठमाडौं-     नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनले चुनाव जित्ने गरी सिट बाँडफाँट टुंग्याउन निर्देशन दिएका छन् । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका केही नेताहरू बोलाएर यस्तो निर्देशन दिएको प्रवक्ता डा.प्रकाशशरण महतले रातोपाटीलाई बताए । बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रवक्ता महत नेता ज्ञानेन्द्र कार्की लगायत उपस्थित थिए । महतका अनुसार भोलि बस्ने गठबन्धन कार्यदलको बैठकमा लचिलो भएर प्रस्तुत हुन देउवाको निर्देशन थियो । देउवाको भनाइ उदृत गर्दै महतले भने, ‘मोटामोटी कति फेग्जिबल हुने भन्ने छ । गठबन्धनको नेतृत्वकर्ता हो हामी । हामी फेग्जिबल हुनुपर्छ । अरु दललाई पनि फेग्जिबल हुन आग्रह गर्नुपर्छ।’ गठबन्धन तलमाथि नहुनेगरी सिट बाँडफाँटको वर्कआउट गर्न पनि देउवाको निर्देशन थियो । गठबन्धनमा रहेका दल जित्ने ठाउँमा काँग्रेस दाबी नगर्न देउवाले भने । गठबन्धनले चुनाव जित्ने गरि सिट बाँडफाँट गरौँ । उनीहरू चुनाव जित्ने ठाउँमा हामी दाबी छोडिदिउ । हामीले चुनाव जित्ने ठाउँमा उनीहरूलाई दाबी छोड्न अनुरोध गरौँ’, देउवाको भनाइ थियो । गठबन्धनमा काँग्रेसले १००, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चा २ सिटमा दाबी प्रस्तुत गरेको छ । यसमा सबै दल लचिलो भएर सिट बाँडफाँट टुंग्याउन गठबन्धन कार्यदलमा छलफल भइरहेको छ । काँग्रेसले ८५–९०, माओवादीले ४५–५०, जसपा र लोसपाले १२१५ सिटमा लचिलो हुने सम्भावना रहेको कार्यदलमा रहेका नेताहरू बताउँछन् । साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार