भारतीय सेनाध्यक्ष पाण्डे आइतबार नेपाल आइपुगे…..

काठमाडौँ — प्रधान सेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डे आइतबार नेपाल आइपुगेका छन् । उनी पाँच दिने औपचारिक भ्रमणको शिलशिलामा आएका हुन् ।  उक्त भ्रमणदलमा पाण्डेकी पत्नी अर्जना पाण्डेसहित ५ सदस्य टोली रहेको छ । सेनाध्यक्ष पाण्डेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले आइतबार स्वागत गरे । पाण्डेलाई सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरूको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ पार्न थप मद्दत पुग्ने विश्वास छ । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार