आरोप प्रमाणित भए १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुनसक्छ…..

काठमाडौं-    राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेमाथि १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप लागेको छ । प्रहरी वृत गौशालामा उनीविरुद्ध जाहेरी दर्ता भएको छ । प्रहरी उनी विरुद्धका प्रमाण संकलनमा जुटेको छ । भदौ ५ मा राति ११ बजेर ५५ मिनेटमा सन्दीपले नाबालिगलाई एयरपोर्टस्थित होटल ‘काठमाडौं इन’ मा लगेर पटक–पटक बलात्कार गरेको पीडितको आरोप छ । प्रहरीले जिल्ला अदालत काठमाडौंमा सन्दिपलाई पक्राउ गर्न अनुमति मागेको छ । प्रहरी वृत गौशालाका एकजना अधिकृतका अनुसार पक्राउ अनुमति आइसकेको छैन । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा (३) को खण्ड (घ) अनुसार आरोप प्रमाणित भएमा सन्दीपलाई १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुनसक्ने व्यवस्था छ । सोह्र वर्ष वा सोह्र वर्षभन्दा माथि र १८ वर्षभन्दा कम उमेरकी महिलालाई बलात्कार गरेमा १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुनसक्छ । १८ वर्षभन्दा कम उमेरकी नाबालिकलाई सहमति मै करणी गरेपनि जबरजस्ती करणी मानेर सजाय हुने कानुनी व्यवस्था छ । सन्दीपबाट पीडित महिला नाबालिग छिन् । १८ वर्षभन्दा कम उमेरकी नाबालिगलाई करणी गर्दा ५ लाख जरिवाना हुने कानुनी व्यवस्था छ । त्यसैगरी अदाललते पीडितलाई क्षतिपूर्ति भराइदिने व्यवस्था छ । जबर्जस्ती करणी मुद्दा नैतिक पतन हुने फौजदारी अपराध हुने भएकोले भविष्यमा सरकारी नोकरीको लागि अयोग्य समेत हुने कठोर व्यवस्था छ । नाबालिगको हकमाा १८ वर्ष पुगेको मितिले ३ वर्षसम्म उजुरी गर्न सकिने व्यवस्था पनि मुलुकी अपराध संहिताले गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार