दार्चुलामा बाढीपहिरो मृत्यु हुनेको संख्या ५ पुग्यो…..

काठमाडौँ — दार्चुलामा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिकाका ३ र महाकाली नगरपालिकाका २ जना छन् । बाढी पहिरोमा परी १० जना अझै बेपत्ता छन् । बेपत्ता सबै सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकाका छन् । सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदका अनुसार बाढी पहिरोमा परेर मृत्यु हुनेमा महाकाली नगरपालिका–२ मुल्लाका ७७ वर्षीय नन्दराम बोहरा र महाकाली–३ डुङरीकी ३५ वर्षीया मानमती कार्की तथा नौगाड गाउँपालिका–१ की ३२ वर्षीया जानकी ठगुन्ना र १५ वर्षीया धनुली ठगुन्ना तथा नौगाड–२ का ६८ वर्षीय मोहनराम पार्की छन् । पहिरोमा परी नौगाड–१ का रम्भा ठगु्न्ना, फागुनी ठगुन्ना, जयबहादुर ठगुन्ना, देवीसिंह ठगुन्ना र बिरे ठगुन्ना घाइते छन् । घाइते हुने अन्यमा महाकाली नगरपालिका २ का हरकसिंह शाह, महाकाली ४ का अभिषेक कामी र गीता कामी रहेका छन् । उनीहरुलाई सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टरमा नौगाडबाट खलंगा कैलालीको धनगढी लगिएको सहायक प्रजिअ साउदले जानकारी दिए । जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि केहीलाई धनगढी लगिएको उनले बताए । यस्तै बाढी पहिरोमा बेपत्ता महाकाली नगरपालिकाको लास्कु र डुङरीका १० जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले खोजी गरिरहेका छन् । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार