करोडौँ मान्छेका बीचमा पनि एक्लो महसुस हुन्छ…..

काठमाडौं –    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रायः पछिल्ला अभिव्यक्तिहरूमा निकै भावुकता मिसिने गरेको छ । यसको एक उदाहरण हो मंगलबार काठमाडौँमा भएको एउटा कार्यक्रममा उनले दिएको अभिव्यक्ति । माओवादी केन्द्रका सांसदसमेत रहेका नेता सुदन किराँतीले लेखेको ‘पलपलको मृत्यु’ नामक पुस्तकको विमोचन कार्यक्रममा अध्यक्ष प्रचण्डले झण्डै ११ मिनेटको छोटो मन्तव्य राखे । तर त्यो मन्तव्यमा प्रचण्ड निकै भावुक मात्रै बनेनन्, जीवनको सार्थकता र गर्वबोध गर्न आफूलाई निकै गाह्रो भएको बताए । त्यस क्रममा उनले शान्ति सम्झौतामार्फत खुला राजनीतिमा आएदेखि संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्ने क्रमसँगै थुप्रै पुस्तकहरू लोकार्पण गर्ने आफूले मौका पाएको तर पछिल्ला दिनमा प्रधानमन्त्री भए पनि मानव जीवनको सार्थकता र गर्वबोध गर्न गाह्रो भइरहेको अनुभव सुनाए । त्यतिमात्रै होइन अध्यक्ष प्रचण्डले लाखौं करोडौं मान्छेको बीचमा पनि एक्लो एक्लै महसुस हुने गरेको अनुभव साटे । हामी मन्त्री, प्रधानमन्त्री त भयौँ तर यो जीवनको सार्थकता र गर्वबोध गर्न गाह्रो भइरहेको छ । हिजो मानव जातिको मुक्तिको लागि सम्पूर्ण समर्पणसहित जनयुद्धमा लाग्दा पद प्रतिष्ठा र स्वार्थको लागि थिएन, मानव जातिको लागि गरेका थियौँ,’ प्रचण्डले वातावरण पनि भावुक र संवेदनशील भएको भन्दै भने, ‘एक्लै जंगलमा हुँदा,पहाड उकाला ओराला,नदीनाला सबैमा एक्लै हिँड्दा पनि लाखौं करोडौं अरबौँको बीचमा सँगै हिँडेको जस्तो लाग्थ्यो । तर आज लाखौं करोडौं मान्छेका बीचमा छौँ तर एक्लो महसुस हुन्छ ।   साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार