न्यायाधीशसहितका व्यक्तिलाई पत्र काटियो…..

काठमाडौं –     निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आरोप लगाएका व्यक्तिहरुलाई महाभियोग सिफारिस समितिले बयानका लागि पत्र काटेको छ । समितिले भदौ ३० गते बिहीबारका लागि बयान दिन आरोप लागेका व्यक्तिहरुलाई समितिले पत्र काटेर बयानका लागि बोलाएको हो । चोलेन्द्रले आफ्नो बयानमा आरोप लगाएका एक व्यक्ति अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार समितिले अधिवक्ता अर्याललाई भदौ ३० गते दिउँसो ३ बजे समितिमा बयानका लागि बोलाएको छ । यसअघि अधिवक्ता अर्यालले भदौ २८ गते नै इमेलमार्फत् निवेदन पठाएर चोलेन्द्रले लगाएका आरोपका सम्बन्धमा जिरह गर्न पाउनुपर्ने माग गरेका थिए । त्यसपछि समितिले बुधबार अधिवक्ता ओमप्रकाश अर्याल लगायतका केही व्यक्तिहरुलाई पत्र काटेर बयानका लागि बोलाएको हो । समितिका जेष्ठ सदस्य राम बहादुर विष्टका अनुसार निलम्बित प्रधानन्यायाधीश जबराले आरोपित गरेका सर्वोच्च अदालतका न्यायाधीशसहित अधिकांश व्यक्तिलाई बयानका लागि बिहीबार समितिको कार्यालयमा उपस्थित हुन भनिएको छ । साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार