मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना…..

काठमाडौँ — देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । हाल प्रदेश १, मधेस प्रदेश र वाग्मती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको र प्रदेश १ का थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । यसका साथै वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र प्रदेश १, मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावनाले उक्त क्षेत्रहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम बढाएको र सडक तथा हवाई सञ्चालनमा समेत सामान्य प्रभावको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले नदी तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन समेत सामान्य प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरेको छ ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार