हिमाली क्षेत्रमा ७ सय पर्यटक र गाइड अलपत्र…..

काठमाडौँ — भारी वर्षा र पदमार्गमा पहिरो जाँदा पदयात्रामा गएका कम्तीमा ७ सय स्वदेशी तथा विदेशी पर्यटक अन्नपूर्ण, धौलागिरि र मनास्लुलगायत हिमाली क्षेत्रमा अलपत्र परेका छन् ।  ट्रेकिङ्ग एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का महासचिव विनोद सापकोटाका अनुसार, जोमसोम, धौलागिरि, मनास्लु र अन्नपुर्ण क्षेत्र पदयात्रामा गएका कम्तीमा ७ सय जना विदेशी तथा नेपाली वर्षाका कारण सडक तथा पदमार्गमा पहिरो जाँदा अलपत्र परेका हुन् । ‘मनास्लु,अन्नपूर्ण र धौलागिरिमा गएका ५ देखि ७ सय स्वदेशी तथा विदेशी पहिरोका कारण अलपत्र परेको जानकारी टानमा आइपुगेको छ,’ महासचिव सापकोटाले भने, ‘जोमसोमदेखि बेनीको बाटो बिग्रेकाले त्यो रुटमा पनि पर्यटक अड्किएका छन् ।’ टानका अनुसार, सेप्टेम्बर महिनामा मात्रै करिब २८ सय वटा पदयात्रा अनुमति कार्ड (टिम्स कार्ड) जारी भएका थिए । टानबाहेक पर्यटन बोर्डले पनि टिम्स जारी गर्छ । उसले बिक्री गरेको टिम्स कार्डको संख्या खुलेको छैन । उनका अनुसार, लुक्ला र खुम्बु क्षेत्र जाने २ हजार पर्यटक तथा नेपाली गाइड रामेछापमा अलपत्र परेका थिए । तीमध्ये आइतबार कम्तीमा ३ सय जना काठमाडौं फर्किएका छन् । उनले केही पर्यटकलाई अल्टीच्यूटको हेलिकप्टरले १० खेप उडान गरेर लुक्ला र सुर्केसम्म पुर्‍याइदिएको छ । यसैबीच मनास्लुबाट आइतबार कम्तीमा १ सय २० जना मनास्लुबाट हेलिकप्टरले उद्धार गरेर काठमाडौं ल्याइदिएको टानले जनाएको छ । उद्धार गरिएकाहरुले पर्यटक तथा गाइडले व्यक्तिगत रुपमा हेलिकप्टरलाई शुल्क तिरेको उसले जनाएको छ । कोरियन पर्यटकहरुलाई पदयात्रा गराउने काठमाडौंको फोर सिजन माउन्टेन ट्रेकबाट धौलागिरि गएका दुई बेपत्ता नेपालीको अझै कम्पनीले उद्धार गर्न सकेको छैन । उक्त कम्पनीका अनुसार, खराब मौसम भएपछि धौलागिरि जान नसकेर बीचबाटै फर्केका बालकुमार कार्की र देव लामा तीन दिनदेखि हराइरहेका छन् । यस घटनाबारे संचालक बसन्त लामाले जानकारी दिन मानेनन् । टानका अनुसार, धौलागिरि पास जान नसकेपछि फर्केका तिए । गाइड कार्की र लामा म्याग्दीको फ्रेन्चपासमा हिँड्दै गर्दा हिम खाडलमा परेका थिए । टानका अध्यक्ष निलहरि बाँस्तोलाका अनुसार, यस पटकको वर्षा र पहिरोका कारण अलपत्र पर्नेमा अधिकांश फ्रेन्च नागरिक छन् । उनका अनुसार, ढोरपाटनमा ४ जना नेदरल्यान्डका नागरिक र ७ जना नेपाली हराइरहेका छन् । उनीहरुको खोजीका लागि प्रहरी परिचालन गरिए पनि फेला परेका छैनन् । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार