निलम्बन फुकुवासँगै पाकिस्तानी फुटबल टोली नेपाल आउने…..

काठमाडौँ — पाकिस्तानी फुटबल टोली मैत्रीपूर्ण खेलका लागि एक महिनापछि नेपाल आउने भएको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले पकिस्तानी टोलीमाथि गरेको निलम्बन फुकुवा गरेसँगै उक्त टोली मध्य नोभेम्बरमा नेपाल आउने भएको हो । यसका लागि उक्त टोलीले पाकिस्तानको लाहोरमा ६ हप्ताको तालिम गरेको छ । पाकिस्तान फुटबल महासंघले बिहीबार यसबारे जानकारी दिएको हो । पाकिस्तानी टोली मध्य नोभेम्बरमा नेपालसँग प्रतिस्पर्धाका लागि जाने तयारी गरेको कुरा घोषणा गर्न पाउँदा हामी खुसी छौं, पाकिस्तान फुटबल महासंघले जनाएको छ । यद्यपि खेलका लागि टोली घोषणा गरिएको छैन । फिफाले पाकिस्तानी टोलीलाई २०२१ को अप्रिलमा निलम्बन गरेको थियो ।  साभार : इका

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार