देउवा र ओलीबीच आरोप –प्रत्यारोप…..

डडेलधुरा-    सत्तासीन नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेको नेतृत्वले आगामी मंसिर ४ मा हुने चुनावी अभियान सुदूरपश्चिम प्रदेश सुरु गरेका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा बुधबारदेखि गृह प्रदेशमा चुनावी अभियानमा जुटेका हुन् । डडेल्धुराबाट प्रतिनिधिसभाका उम्मेदवार देउवा विहीबारबाट गृह जिल्लामा पालिकास्तरीय चुनावीसभालाई सम्बोधन व्यस्त छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारबाट सुदूरश्चिमको दार्चुलाबाट चुनावी अभियानलाई तीव्र पारेका छन् । आजै मात्र ओलीले बैतडी र कञ्चनपुरको चुनावी सभालाई समेत सम्बोधन गरेका थिए । शुक्रबारको चुनावी सभामा देउवा र ओलीबीच चुनावी आरोप–प्रत्यारोप चलेको छ । दार्चुला, बैतडी र कञ्चनपुरको चुनावी सभामा ओली देउवाप्रति आक्रामक सुनिए । पूर्व प्रधानमन्त्री समेत रहेको ओलीले आफ्नो सरकार बने कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने बताए । दार्चुला सदरमुकाम खलंगामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले ती क्षेत्र फिर्ता ल्याएरै छाड्ने दाबी गरे । ओलीले देउवासँग सोधे, ‘ ‘गुमेको भूभाग समेतको हामीले नक्सा बनायौँ । संविधान संशोधन गर्यौं । भारतसँग पत्राचार गर्यौँ, हाम्रो भूभाग फिर्ता गर भनेर, त्यो कुरा कहाँ पुग्यो ? त्यो बोल्न सक्नु हुन्छ कि हुन्न ? यता डडेल्धुराको गन्यापधुराबाट प्रधानमन्त्री देउवाले दार्चुलामा ओलीले भाषण गरेर मात्र नेपाली भूमि फिर्ता नआउने बताए । भारत र चीनविरुद्ध लड्न नसकिने बताउँदै नेपालले हातेमालो गरेर अगाडि बढ्नुपर्ने वाध्यता रहेको देउवाको भनाइ थियो । सीमा समस्या दुई देशबीच हुने मित्रवत् व्यवहारले मात्र समाधान हुन सक्ने बताउँदै देउवाले राजनीतिक नाफा, घाटाका लागि अनावश्यक रुपमा सीमाजस्तो संवेदनशील विषयलाई मुद्दा बनाउनु उचित नभएको बताए । लिपुलेक के खोसेर फिर्ता ल्याउन सकिन्छ ?, हामीले कूटनीतिक माध्यमबाट फिर्ता ल्याउने हो । यसका लागि सरकार कूटनीतिक पहल गरिरहेको छ । भोलि पनि गर्छ ।’ ओलीले भने राष्ट्रियताको सवालमा नेपालको एक इञ्च जमिन कसैलाई छाड्ने पक्षमा नरहेको बताए । राष्ट्रियताको प्रश्नमा नेपालले एक इञ्च जमिन पनि कसैलाई छोड्नेवाला छैन । एक इञ्च जमिन पनि मिच्न दिनेवाला छैन,’ उनी भन्छन्, ‘मिचिएको भए फिर्ता ल्याउँछ भनेर हामीले नक्सा जारी गरेका छौँ । संसदले सर्वसम्मतका साथ पारित गरेको छ । त्यो कुराको फेरि ग्यारेन्टी गर्न चाहान्छुँ । यस्तै डडेल्धुरामा मेडिकल कलेजका सन्दर्भमा देउवा र ओलीबीच घोचपेच चलेको छ । बिहीबार प्रधानमन्त्री देउवाले डडेल्धुरामा मेडिकल कलेज बनाउने बताएपछि ओलीले काउण्टर जवाफ दिए । शुक्रबार कैलालीस्थित एमाले सचिव लेखराज भट्टको निवासमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले चुनाव जित्न डडेल्धुरामा मेडिकल कलेज बनाउने सपना बाँडेको आरोप लगाए । शुक्रबार देउवाले मंसिर ४ को चुनाव संविधान च्यात्नेविरुद्धको लडाइँ भएको भन्दै ओलीमाथि कटाक्ष गरे । ओलीलाई राति २ बजेको समयमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसद भंग गन लगाएर राष्ट्रहित विपरीत कार्य गरेको देउवाको आरोप थियो । ओलीजीले राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद भंग गर्नुभयो । त्यसपछि मात्रै म प्रधानमन्त्री भएको हुँ । यसपटक मेरो प्रधानमन्त्री बन्ने मन त थिएन तर ओलीजीको गलत कदमका कारण भएको हुँ’, उनले भने । उत्तम संविधान बनाए पनि ओलीले च्यात्न खोजेको भन्दै राजनीतिमा स्थायी शत्रु र मित्र कोही नहुने देउवाले बताए । तर ओलीले देउवाको सो भनाइको प्रतिवादमा कांग्रेसका नेताहरूको बुद्धि कहिल्यै पनि सुल्टो नहुने बताए । यस्तै​देउवाले पाँच दलीय गठबन्धन १०(१५ वर्षसम्म हुनुपर्ने आफ्नो मान्यता रहेको बताएका छन् । देउवाले गठबन्धनले जितेपछि राजनीतिले स्थायित्व पाउने र विकास पनि सम्भव हुने भएकाले सहयोग गर्न मतदातालाई आग्रह गरेका थिए । तर अहिलेको सरकारलाई कठपुतलीको संज्ञा दिएका ओलीले एमाले नेतृत्वमा सरकार बने मात्रै देश बन्ने दावी गरे । ‘यो कठपुतली हो । यस्ताबाट सरकार चल्दैन । देश चल्दैन, बन्दैन,’ ओलीको भनाइ । साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार