काठमाडौं, कार्तिक २५ गते ।

तेह्रथुममा जन्मेर लन्डनमा कर्मथलाे बनाउँदै आइरहेकी रिता फोम्बो सांस्कृतिककर्मि हुन् । रिता फाेम्बाे ठूली उपनामले परिचित रिताले बिगत केहि वर्षदेखि लिम्बू भाषा संस्कारलाई जगेर्ना गर्ने उद्देश्यले लोप हुदै गरेको लिम्बु पालामलाई श्रव्यदृष्यमा उतारेकी छिन् । ‘निङ्वासुम’ नामक पालामकाे भाग आठसम्मकाे म्युजिक भिडियोलाई मुन्धुमविद येहाङ लावतिले काठमाडाैमा एक कार्यक्रममाझ सार्वजनिक गर्नुभयाे।
‘निङ्वासुम’ पालामकाे शब्द, स्वर र निर्माण रिता फोम्बोको रहेको छ ।
श्रव्यदृष्य तेर्हथुम को बसन्तपुर चोत्लुंग पार्क, चित्रे डाडा, जिरखिमती कुलुङ पाङफे,औसे, चिचिलुङ पोखरी, पाक्लाबुङ पाथिभरा मन्दिर भ्यु टावर जस्ता ऐतिहासिक स्थलमा गरेका हुन् ।

भिडियोमा कलाकारहररू पुष्पाञ्जली तिलिङ (चाप्पेतिकाे आमा), जीवन केदेम, रिता फोम्बो ठुली, दिप केरुङ, सैलेन्द्र नाल्बो, सीता फोम्बो, रबि किरण मादेन, हरि कुमारी लिम्बू, ज्योतिकला नेम्बाङ, दुर्गामाया फोम्बो, कमल थेगिम, तुलसी कन्दङ्वा, पुर्ण कन्दङ्वा र इन्द्रा लिम्बूको अभिनय रहेको छ । पालामको लय संकलन सुमन लिम्बुले गरेका छ्न् ।

कोरसमा निरन्ता नेम्बाङ र जीवन केदेमले साथ दिएका छन, सङ्गित संयोजन मनोज साम्सोहाङ राई, किङ्स स्टुडियोमा रेकर्ड भएको पालामलाई अहिलेको चर्चित निर्देसक हाङ चेम्जोङ ले निर्देशन गरेका हुन् भने क्यामेरा\सम्पादन इसक जवेगुले गरेका हुन् ।












