कास्की-२ मा घण्टीको सुरुवाती अग्रता…..

पोखरा — कास्की निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । अहिलेसम्म ५४१ मत गणना भइसकेको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी नवीन पौडेलले जनाएका छन् । प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सबैभन्दा अगाडि रहेका छन् । उनले १६२ मत प्राप्त गर्दा नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले १२२ मत ल्याएकी छिन् । त्यस्तै प्रतिस्पर्धामा रहेका गठबन्धनतर्फका नेकपा एसका उम्मेदवार श्रीनाथ बरालले ११० मत प्राप्त गरेका छन् । यसैगरी प्रदेशसभा १ तर्फ राप्रपाका विजयबहादुर भण्डारी १९८, एमालेका भीमबहादुर कार्कीले १४५ र माओवादी केन्द्रका विश्वप्रकाश लामिछानेले १०६ मत पाएका छन । उक्त छेत्रमा समानुपातिकतर्फको पनि मतगणना भइरहेको छ । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार