समानुपातिकमा नेकपा एमालेको अग्रता…..

काठमाडौं –   समानुपातिक निर्वाचनको मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ । पछिल्लो मत परिणाम अनुसार एमाले ९ लाख मत कटाएकाे छ । एमालेले ९ लाख ११ हजार २९० मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ८ लाख ७६ हजार ४८१ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीको ४ लाख ३९ हजार ५३८ मत रहेको छ भने नेकपा माओवादी केन्द्रको ४ लाख ८ हजार १०२ मत रहेको छ । राष्ट्रिय पार्टी बन्ने दौडमा रहेको राप्रपाको २ लाख ३७ हजार ५२४ मत रहेको छ भने जसपा नेपालको १ लाख १५ हजार ६५२ रहेको छ । जनमत पार्टीले ६९ हजार ४९५ प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी)को ६३ हजार १५९ मत रहेको छ । नागरिक उन्मुक्ति पार्टीको ६१ हजार ८०९ मत रहेको छ भने नेपाल मजदुर किसान पार्टीले ५६ हजार २३८ मत पाएको छ ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार