अर्जेन्टिनाले मेक्सिकोमाथि सहज जित २–०…..

काठमाडौं –     विश्वकप फुटबलको आफ्नो निर्णायक खेलमा अर्जेन्टिनाले मेक्सिकोमाथि सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा अर्जेन्टिनाले मेक्सीकोलाई २–० गोल अन्तरले हराएको हो । लुसाइल स्टेडियममा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेस्सी र एन्जो फर्नान्डेसले एक–एक गोल गरे । मेस्सीले खेलको ६४औं मिनेटमा गोल गर्दै अर्जेन्टिनाको निर्णायक खेलमा अग्रता दिलाएका थिए । खेलको ८७ औं मिनेटमा फर्नान्डेसले गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए । जितसँगै अर्जेन्टिनाले दुई खेलबाट ३ अंक जोडेको छ । अर्जेन्टिना तालिकाको दोस्रो स्थानमा छ । पराजित मेक्सीको दुई खेलबाट १ अंक जोडेर तालिकाको पुछारमा छ । अब अर्जेन्टिनाको अन्तिम १६ प्रवेशको सम्भावना अन्तिम खेलले तय गर्नेछ । अन्तिम खेलमा पनि अर्जेन्टिनालाई जितको आवश्यक छ । अर्जेन्टिनाले आफ्नो अन्तिम तथा निर्णायक खेल पोल्यान्डसँग खेल्नेछ । साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार