हामी दिदी बहिनीको साधारण सभा सम्पन्न

  सुकमाया तुम्रुक

काठमाडौं । “बचत गरौं स्वाबलम्बी बनौ” भन्ने नाराका साथ सदस्यहरुलाई उद्यमशिल बन्न प्रेरित गर्दै, आर्थिक रुपमा समृद्ध बनाउने परिकल्पनाका साथ स्थापना भएको, हामी दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको  १३औं वार्षिक साधारण सभा मंसिर १७ गते समाजसेवी केशर एभेङ लिम्बूको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि केशर एभेङ लिम्बूले सहकारीमा आवद्ध सम्पूर्ण सदस्यहरुको जीवनसँग जोडिएकाले सबैले महत्व दिन सके समृद्ध नेपाल निर्माण गर्न सकिने, साथै नेपालको समृद्धिको र रोजगारी सिर्जनाका लागि सहकारी महत्वपूर्ण आधार भएको बताउनु भयो ।
सभामा अतिथिहरु क्रमशः वरिष्ठ अधिवक्ता गोपाल प्रसाद सापकोटा, नारी चेतनसिल संघका अध्यक्ष श्री प्रभा कुमारी ढुङ्गेल, दिल बहादुर तिलिङ, प्रेमकुमार खजुम, महिला नव जागरण अभियान नेपालको अध्यक्ष श्री यशोदा खनाल लगायत, सुनिता बस्नेत सहितको उपस्थिति रहेको थियो ।
सोही संस्थाका अध्यक्ष श्री गोमादेवी आङदेम्बेले आ.व. २०७८/७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्षको वार्षिक प्रतिवेदन महेन्द्रमाया यक्खाले प्रस्तुत गर्नुभएको थियो । सभामा विशेष गरी विभिन्न बूँदाहरुमा छलफल भएको थियो । जसमा सञ्चालक समितिको तर्फबाट अध्यक्ष द्वारा प्रस्तुत गरिएको बार्षिक प्रतिवेदन उपर  छलफल गरी पारित गर्ने, लेखा समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सहकारी अभियानलाई  सुदृढ, दिगो एवं मर्यादित बनाउने उद्देश्य सहित ठोस कार्यक्रम ल्याएर सहकारीलाई गतिशिलता प्रदान गर्नुपर्ने उहाँको भनाई थियो ।

सो कार्यक्रममा अतिथिहरुले देशमा खुलिरहेको विभिन्न प्रकारको वित्तिय संस्थाहरुको तीव्र प्रतिस्पर्धा अनि परिवर्तनशील आर्थिक नीतिहरुको साथै विश्वव्यापी रुपमा फैलिरहेको कोभिड – १९ को असर, यी विभिन्न आन्तरिक तथा वाह्य जल्दो बल्दो विद्यमान समस्याहरुको बावजुद पनि अन्य सहकारी संस्थाहरुसँग प्रतिस्पर्धा गर्न सक्षम भएको कुरा व्यक्त गरेका थिए । त्यसैगरी, राज्यले सिंगो राष्ट्रको आर्थिक विकासका आधारहरु मध्ये एक आधारको रुपमा सहकारी क्षेत्रलाई मान्यता प्रदान गरेको सन्दर्भमा समन्यायिक रुपमा विकास गर्न सहकारी क्षेत्रको आवश्यकता र महत्व दिन प्रतिदिन वृद्धि हुँदै गएको छ । अर्को तर्फ केही सहकारीहरु सहकारीका आदर्श, मूल्य, मान्यता र सिद्धान्त अनुसार सञ्चालन नहुनाले समस्याग्रस्त भई समग्र सहकारी क्षेत्रलाई हेर्ने दृष्टीकोणमा नै समस्या आएको यस अवस्थामा समेत संस्थाप्रति विश्वास गरेर सदस्य बन्न इच्छुक सदस्यहरुको संख्यामा बृद्धि हुँदै गएकोमा आभार सहित शुभकामना व्यक्त गरे ।


सहकारीको आ.व. २०७८/७९ को अन्त सम्ममा शेयर पूँजी रु.६१,११,१००।– पु¥याउन सफल यस संस्थाले बचत तथा ऋण नीति अनुरुप सदस्यहरुको व्यवसायिक स्तर अभिवृद्धिका लागि धितो र जमानतमा कर्जा लगानी गर्दै आएको छ । सदस्यहरुकै व्यवसायिक अभिवृद्धिका लागि साथै संस्थाका सदस्यहरु माझ हुने विभिन्न किसिमका सामाजिक क्रियाकलापमा अग्रसर भई काम गर्ने उद्देश्यले विभिन्न किसिमका कार्य योजनाहरुको तर्जुमा गरी चालु आ.व.२०७८/७९ को वार्षिक योजना नीति तथा कार्यक्रम छलफल गरी पारित गर्दै, सहकारी ऐन, २०७४ र नियमावली, २०७५ ले जारी गरेको ‘एक व्यक्ति एक सदस्यता’ को नीतिको वावजुद पनि आ.व. २०७८/७९ को अन्तमा महिला सदस्य संख्या ३२२ र पुरुष सदस्य संख्या १३४ जना गरी जम्मा ४५६ जना सेयर सदस्य रहेको सोही संस्थाकी अध्यक्ष श्री गोमादेवी आङ्देम्बेले जानकारी दिनुभयो ।
हामी दिदीबहिनी सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभामा विभिन्न कारोबारमा सहभागि भई उत्कृष्टतामा छनौट हुनु भएका सदस्यहरुलाई पुरस्कृत गरिएको छ ।

उत्कृष्ट दैनिक बचत कर्ता सदस्य अनिता आङदेम्बे, उत्कृष्ट सेयर लगानी कर्ता सदस्य प्रभाकुमारी ढङ्गेल, उत्कृष्ट आवधिक बचतकर्ता सदस्य बुद्धमाया लिम्बू, उत्कृष्ट बालबचतकर्ता सदस्य इङ्सुम लिम्बू, उत्कृष्ट खुत्रुके बचतकर्ता सदस्य कृषन श्रेष्ठ र उत्कृष्ट नियमित बचतकर्ता सदस्य सुकमाया तुम्रोक आदिलाई नगद सहित प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो ।
सो कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी सदस्य श्रृजना आङदेम्बेले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन नन्दमाया आङदेम्बेले गर्नु भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार